रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ     रौतहट प्रहरी लाइ चुनौती - दिन दहाडै रकम लुटियो      रौतहटका नर्सलाई आक्रमणको धम्की, सुरक्षा माग्दै नर्स प्रहरी चौकीमा     भष्ट्रचारीलाई आतंकित पारेरै छोड्नुपर्छ -अख्तियार प्रमुख नवीनकुमार घिमिरे     अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरे नियुक्त   
खेलकुद

मेयर कपको भव्य उद्धघाटन, राष्ट्रिय स्तरमा स्थान बनाए प्रति महिना १० हजार दिने घोषणा ।



खेलकुद   3 पटक पढिएको        

रौतहट १२ फागुन । युवा विकास केन्द्र रौतहटले आयोजना गरेको मेयर कप २०७४ क्रिकेट प्रतियोगिताको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गौर नगरपालिकाका मेयर अजय गुप्ताले गौर नगरका खेलाडि राष्ट्रिय स्तरमा स्थान बनाउन सफल भए प्रति महिना


 
नगरपालिकाबाट १० हजार रुपैया तलब दिने घोषणा गरेका छन् । गौर नगरपालिकाका मेयर गुप्ताको यो घोषणा संगै मैदानमा उपस्थित करिब २ सय जना खेलाडिको तालीले मैदान वरिपरिको माहौल तरंगित भएको थियो । शिक्षा दिवसको अवसरमा युवा विकास केन्द्र रौतहटको आयोजना र गौर नगरपालिकाको सहयोगमा आयोजना भएको सो मेयर कपको उद्धघाटन समारोह भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा सहभागी विशिष्ट अतिथि तथा राष्ट्रिय क्रिकेट टिमका खेलाडि जितेन्द्र मुखियाले नेपाली खेलाडिले पाउनु पर्ने सेवा सुविधा मेहनत अनुसार मुल्यांकन नभएकोले मनोवल खसेको बताएका थिए । त्यस्तै कार्यक्रमका अर्का अतिथि युवा नेता रेवन्त झाले गौर नगरपालिकाका मेयर अजय गुप्ताले खेल प्रति देखाएको भावनालाई सम्मान गर्नु पर्ने भन्दै गौर राईस मिल मैदान कुनै पनि हालतमा भुमाफियाको कब्जामा नजाने विस्वास व्यक्त गरेका थिए । कार्यक्रमका अर्का सहभागी गौर नगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष शेख जम्सैदले खेल जगतको विकासका लागी आफुहरु निरन्तर लागी परेको र खेलकुद विकासमा कुनै कमी बाकि नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए । संस्थाको अध्यक्ष प्रविण टिबडेवालको अध्यक्षतामा सम्पन्न सो उद्धघाटन समारोहमा विशिष्ट अतिथीका रुपमा विभिन्न सुरक्षा निकायका प्रमुख, राजनितिक दलका प्रतिनिधि,कार्यालयका प्रमुख, गौर सरकारी संघ संस्थाका प्रमुख लगायत पूर्व खेलाडिहरुको उपस्थिती रहेको थियो ।










सम्बन्धित शिर्षक समाचारहरु
  • नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

    काठमाडौं /०५,असोज/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले पार्टी एकता गरेको चार महिनापछि प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशको नेतृत्व टुङग्याएको हो । नेकपाले प्रदेशको
    राजनिति
    146    
  • पाँच वर्षमा १८ सय कम्पनी खारेज

    काठमाडौं /०५,असोज/ सरकारले चुक्ता पुँजीको ०.५ प्रतिशत रकम बुझाएर खारेजीमा जान सक्ने व्यवस्था गरेपछि चल्न नसकेका कम्पनीहरू स्वेच्छिक खारेजीमा जानेक्रम बढेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७४/०७५ मा खारेजीमा जाने कम्पनीको सङ्ख्या बढेर ५ सय ३० पुगेको छ ।
    अर्थ
    3    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2335775 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top