किमकी बहिनीको ‘जादु’ खोस्न ट्रम्पपुत्री दक्षिण कोरियामा /* - - - Script for Auto Navigation - - - */

किमकी बहिनीको ‘जादु’ खोस्न ट्रम्पपुत्री दक्षिण कोरियामा

फागुन ११


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पुत्री इभान्का ट्रम्प हिउँदे ओलम्पिक समापन समारोहमा सहभागी हुन दक्षिण कोरिया पुगेकी छन्। उनको भ्रमणले दक्षिण कोरिया र अमेरिकाको गठबन्धनलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।



इभान्का ट्रम्प

वरिष्ठ ह्वाइट हाउस सल्लाहकार इभान्का ट्रम्पले राष्ट्रपति मुन जे इनसँग राष्ट्रपति भवनमा डिनर गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि उनले आइतबार प्योङचाङमा हुने ओलम्पिक समापन समारोहमा अमेरिकी टोलीको नेतृत्व गर्नेछिन्।

यसअघि ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुन आइपुगेकी उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले राष्ट्रपति मुनसँग रात्रीभोज गरेकी थिइन्। उनको भ्रमणले दक्षिण कोरियामा सनसनी नै मच्चाएको थियो। उनले मुनलाई प्योङयोङ आएर आफ्नो दाजुसँग शिखर वार्ता गर्न समेत निम्त्याएकी थिइन्।

किम यो जोङ त्यहाँ रहँदासम्म उनी विश्वभरका सञ्चारमाध्यमको आकर्षणको केन्द्र बनेकी थिइन्, जसका कारण अमेरिकी उपराष्ट्रपति माइक पेन्स र जापानी प्रधानमन्त्री सिञ्जो आबेसमेत छायामा परेका थिए। पेन्स र किमबीच तय भएको भेट पनि अन्त्यमा उत्तर कोरियाले रद्द गरिदिएको थियो।

उत्तर कोरियाली नेतृले सिर्जना गरेको यस्तो ‘जादु’ लाई ट्रम्पपुत्रीको भ्रमणले केही हदसम्म निस्तेज पार्ने र अमेरिकी चमक छर्ने अपेक्षा विश्लेषकहरुले गरेका छन्।

दक्षिण कोरिया स्थानीय सञ्चारमाध्यमले पहिलेदेखि नै किम यो जोङ र इभान्का ट्रम्पबीचको समानताबारे टिप्पणी गर्न थालिसकेका छन्।

उत्तर कोरियाले भने समापन समारोहको अवसरमा पूर्व गुप्तचर प्रमुख किम योङ चोललाई पठाउँदै छ। सन् २०१० मा दक्षिण कोरियाली जंगी जहाज डुबाउन जिम्मेवार रहेको आरोप उनीमाथि लगाइएको छ तर दक्षिण कोरियाली सरकारले कुनै एक व्यक्तिलाई जिम्मेवार ठह¥याउन नसकिने बताएको छ। एजेन्सी



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110214 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top