रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

वामगठबन्धन टुटाउन प्रलोभन र धम्की दिइयो - प्रचण्ड



राजनिति   38 पटक पढिएको        

बर्दिबास फागुन ५ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा बहुमत आएपछि विभिन्न प्रलोभन र धम्की दिएर वाम गठबन्धन टुटाउने प्रयास भइरहेको दावी गरेका छन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मासँग भएको भेटलगत्तै महोत्तरीको हात्तीलेट पुगेका प्रचण्डले त्यहाँ आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रममा यस्तो दावी गरेका हुन्।

वामगठबन्धन टुटाउन प्रलोभन र धम्की दिइयो - प्रचण्ड


प्रचण्ड  ‘गठबन्धनलाई सफल हुन नदिन एमाले र माओवादी केन्द्रका नेता कार्यकर्तालाई धम्की आएको छ’ प्रचण्डले भने, ‘हामी कोहीपनि यस्तो धम्की र प्रलोभनमा फस्नु हुँदैन।’

एमाले–माओवादी केन्द्रबीच एकता हुन नदिन खोज्ने षडयन्त्रको विरुद्ध दुबै पार्टीका नेता–कार्यकर्ताले आफ्नो पार्टी र नेतालाई सतर्क बनाउने जिम्मेवारी आएको पनि उनले बताए।

‘तपाईंहरुले एक–दुई नेतामा मात्र भर पर्नुहुँदैन’ प्रचण्डले भने, ‘सबै जनता र कार्यकर्ता अगाडि नआए षडयन्त्रकारीहरुको प्रयास सफल हुन सक्छ।’

उनले विगतमा पहाडले भन्दा मधेशले आफ्नो आव्हानलाई गम्भीरतापूर्वक लिएको समेत बताएका छन्।

‘स्थानीय निर्वाचनमा पहाडमा ७३ प्रतिसत मत खस्यो, तर मधेशमा ७७ प्रतिसत’ उनले अथ्र्याए, ‘पहाडको तुलनामा मधेशले एकताको मेरो आव्हानलाई गम्भीरतापूर्वक लिएको देखियो।’

विगतमा कुनैपनि सरकार ५ वर्ष नटिकेको बताउँदै प्रचण्डले स्थायित्व, सुशासन, शान्ति र सुशासनका लागि वामगठबन्धनको निर्माण गरिएको बताए।

इतिहासमा एउटै व्यक्तिले विभिन्न महत्वपूर्ण जिम्मेवारी नपाएपनि आफूलाई भने नेपाली जनताले यस्तो जिम्मेवारी दिएको उनले दावी गरे।

‘युद्ध र शान्ति दुबैको नेतृत्व गर्ने अवसर मैले पाएँ’ उनले थपे, ‘अब जनवादी आन्दोलन र समाजवादी आन्दोलनको नेतृत्व गर्ने मलाई जनताले दिएका छन्।’










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486713 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top