रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

निर्वाचन दिवस भव्य रुपमा मनाइने



राजनिति   36 पटक पढिएको        

काठमाडौं फागुन ५ निर्वाचन आयोगले यही फागुन ७ गते सोमबार निर्वाचन दिवस भव्यरुपमा मनाउने भएको छ। मुलुकको राजनीतिक र संवैधानिक संक्रमणलाई शीघ्र अन्त्य गर्ने सन्दर्भमा एक वर्षभित्र चार वटा महत्वपूर्ण निर्वाचन गराएर स्यावासी पाएको निर्वाचनकै क्रममा दिवस मनाउने भएको हो।

निर्वाचन दिवस भव्य रुपमा मनाइने


स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक पूरा गरी आयोग अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारीमा जुटिरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फागुन ७ गते मूल समारोहसहित तीन दिनसम्म विविध कार्यक्रम गरी निर्वाचन दिवस भव्यरुपमा मनाउन लागेको प्रवक्ता नवराज ढकालले जानकारी दिए। 

विसं २०१५ मा पहिलो संसदीय निर्वाचन शुरु भएको दिन फागुन ७ गतेलाई आयोगले केही वर्षदेखि निर्वाचन दिवसका रुपमा मनाउन थालेको हो। ‘स्वच्छ र स्वतन्त्र निर्वाचन’ विषयको अन्तरक्रिया, निर्वाचनमा समावेशीता विषयक परिसंवाद, निर्वाचन परिणाम पुस्तिका प्रकाशन, प्रभातफेरीदेखि रक्तदान हुँदै कृतिवाचनसम्मका कार्यक्रम तय गरिएको उनले जानकारी दिए।रासस










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2273267 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top