रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
समाज

सडक डिभिजन कार्यालय रौतहटमा तालाबन्दी



समाज   16 पटक पढिएको        

रौतहट/२४, माघ रौतहटका विकास निर्माणका कामको ८० करोड रुपैयाँ रकम भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले सडक डिभिजन कार्यालय रौतहट चन्द्रनिगाहपुरमा तालाबन्दी गरेका छन्। कर्मचारीहरू कार्यालयभित्र

 सडक डिभिजन कार्यालय रौतहटमा तालाबन्दी

 काममा व्यस्त रहेको बेलामा बुधबार बिहान निर्माण व्यवसायीहरूले सडक डिभिजन कार्यालयमा ताला लगाएका  हुन्। तालाबन्दी गरेको केही समयपछि पुगेको प्रहरीको टोलीले ताला फुटाएर कर्मचारीहरूलाई बाहिर निकालेका थिए।

आफ्नो लगानी गरेर , ऋण गरेर काम गरेको तर एक वर्ष हुँदा पनि भुक्तानीको व्यवस्था नगरेकाले तालाबन्दी गर्न बाध्य भएको निर्माण ब्यवसायी संघका ठेकेदार अरबिन्द जयसवालले बताएका छन्। एक जना व्यवसायीको ५० लाख रुपैयाँदेखि एक करोडभन्दा बढी रकम भुक्तानी हुन सकेको छैन। रौतहट र सर्लाही जिल्लाका विभिन्न स्थानहरूमा गत आर्थिक वर्षमा सडक, पुल लगायतको काम डिभिजन सडक कार्यालयबाट सम्झौता गरी सम्पन्न गरेपनि भुक्तानी नदिएकाले आन्दोलन गर्नु परेको निर्माण व्यवसायीहरूको गुनासो छ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख योगेश सुमनले निर्माणको बजेट स्थानीय तहमा आउने भनिएपनि नआएको र सडक कार्यालयमा पनि नपठाएकाले भुक्तानी दिन नसकेको बताएका छन्। ८० करोड भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिएका छन्।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2189005 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top