रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज     कांग्रेसको चियापानमा नेकपा नेता हावी, देउवाले भने : मिलेर जानुपर्छ   
राजनिति

राष्ट्रिय सभाको ३२ सदस्यका लागि आज निर्वाचन हुँदै



राजनिति   20 पटक पढिएको        

काठमाडौं माघ २४ गणतन्त्र स्थापना पछि पहिलो पटक राष्ट्रिय सभाको निर्वाचन आज हुँदैछ। निर्वाचित हुने ५६ मध्ये राष्ट्रिय सभाका ३२ सदस्यका लागि आज निर्वाचन हुन लागेको हो। बाँकी २४ सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

राष्ट्रिय सभाको ३२ सदस्यका लागि आज निर्वाचन हुँदै

त्यसमध्ये प्रदेश–२ मा सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् भने प्रदेश–१ मा महिला तीन र अन्य तीन गरी छ उम्मेदवार निर्विरोध भएका छन्।

सो प्रदेशमा अब दलित एक र अपांगता–अल्पसङ्ख्यक एक गरी दुई पदका लागिमात्र निर्वाचन हुँदैछ।

प्रदेश–३ मा आठै पदमा मतदान हुनेछ भने प्रदेश नं ४ मा अपांग–अल्पसङ्ख्यक एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले बाँकी सात पदका लागि निर्वाचन हुँदैछ।

प्रदेश–५ मा पाँच पदमा निर्वाचन हुनेछ किनभने सो प्रदेशमा महिला तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। प्रदेश–६ मा भने सबै पदमा निर्वाचन हुँदैछ।

प्रदेश–७ मा महिला तीन र अन्य तीन गरी छ पदमा उम्मेदवार निर्विरोध भएकाले दलित एक र अपांगता÷अल्पसङ्ख्यक एक गरी दुई पदमा मात्र निर्वाचन हुँदैछ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट निर्वाचित हुन्छन्।

२४ सदस्य यसअघि नै निर्वाचित भएकाले बाँकी ३२ पदका लागि हुन लागेको निर्वाचनमा ५२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले बताएको छ।

विहान १० बजेदेखि सुरु हुने निर्वाचनका लागि सबै प्रदेशका मतदाताहरु लाइनमा लागिसकेका छन्।

प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुखहरु मतदाता हुने सम्बैधानिक प्रावधान छ।

त्यसमध्ये प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखहरुको मतभार १८ तोकिएको छ।










सम्बन्धित शिर्षक समाचारहरु
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    17     रौतहट अनलाईन
  • सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग

    रौतहट/ १६,मंशिर/ रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र प्रहरी बल बी.ओ.पी. बेलबिछवा क्याम्प द्वारा राजदेवी नगरपालिका वडा नम्बर ९ की बर्ष ८० की गरीब एकल महिला कुमारी देवी लाई आर्थिक अवस्था एकदमै नाजुक
    समाज
    285     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2450922 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top