रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
राजनिति

प्रदेश संसद्मा हिन्दीमा सम्बोधन गरेको भन्दै जनकपुरमा सांसदहरूको पुत्ला दहन



राजनिति   16 पटक पढिएको        

जनकपुर, माघ २४ प्रदेश नम्बर २ को माघ २१ गते सम्पन्न पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेको भन्दै विरोधमा युवाहरूले सांसदहरूको पुत्ला जलाएका छन्।

प्रदेश संसद्मा हिन्दीमा सम्बोधन गरेको भन्दै जनकपुरमा सांसदहरूको पुत्ला दहन



मंगलबार साँझ जनकपुरको जानकी चोकमा ‘परिवर्तनका लागि युवा अभियान’का अध्यक्ष बिट्टु पञ्जियारको अध्यक्षता र रोशन यादवको नेतृत्वमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका प्रदेशसभा सांसदहरूको पुत्ला जलाइएको हो।

संसद्मा मातृभाषामा शुभकामना मन्तव्य नदिई हिन्दी भाषालाई प्राथमिकता दिएको विरोधमा पुत्ला जलाएको युवाहरूले बताएका छन्। युवाले केहीबेर नाराजुलुस गर्दै ‘मातृभाषाको प्रयोग र अन्तर्राष्ट्रिय भाषाको सम्मान गर’ भन्ने नारासमेत लगाएका थिए। त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केहीबेर तनावसमेत उत्पन्न भएको थियो।

मातृभाषालाई भुलेर हिन्दीलाई प्राथमिकता दिएपछि आफ्नो भाषा संरक्षणका लागि विरोध गर्न बाध्य भएको अभियानका संयोजक सुशील कर्णले बताए। अभियानका संयोजक कर्णले भने, ‘प्रदेश नम्बर २ मा मैथिली, भोजपुरी, बज्जिका लगायतका भाषालाई प्राथमिकता दिनु पर्दछ र यी भाषालाई नै सरकारी कामकाजी भाषा बनाउनुपर्छ।

कर्णका अनुसार पहिचानको नाममा आन्दोलन गर्ने अनि मातृभाषा जस्तो आत्मीय पहिचानलाई बिर्सिने दलहरुलाई खबरदारी गर्न पुत्ला जलाइएको हो। कर्णले प्रदेश २ मा बोलिने मैथिली, भोजपूरी, बज्जिका, थारू सहितका मातृभाषामा मात्र बोल्न प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका छन्।

परिवर्तनका लागि युवा अभियानका बिट्टु पंजियारले भने, “मातृभाषाको अपमान तथा बाहिरी भाषाको सम्मान हामी सहन गर्न सक्दैनौँ, हामी आन्दोलनमा उत्रन्छौँ ।”

गत आइतबार प्रदेश २ को पहिलो बैठकमा संघीय समाजवादी फोरमका लालबाबु राउत र राष्ट्रिय जनता पार्टीका जीतेन्द्र सोनलले हिन्दीमा सम्बोधन गरेका थिए भने काँग्रेसका रामसरोज यादव, एमालेका सत्यनारायण मण्डल र शत्रुघ्न महतो तथा माओवादी केन्द्रका भरत साहले मैथिलीमा सम्बोधन गरेका थिए।

मातृभाषासम्बन्धी विवाद यसअघि सम्पन्न प्रदेशसभा सदस्यहरुको शपथग्रहणमा समेत देखिएको थियो। शपथग्रहणमा ४७ सांसदले मैथिली, २५ ले भोजपुरी, २४ ले नेपाली तथा ११ जनाले हिन्दीमा शपथग्रहण गरेका थिए। हिन्दीमा शपथ लिने सम्पूर्ण प्रदेशसभा सदस्य राजपाका थिए।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2269663 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top