रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ     सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर     शकिल अख्तरको एक माथि अर्को सरहानिय काम, नगरवासीको निशुःल्क आँखाको शल्यक्रिया हुदै      प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत     पत्रकार चञ्चल झाकाे अभियान सफल हुने ,रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी अश्लील गित बज्न नदिने प्रहरी उपरीक्षककाे प्रतिबद्धता      ललितपुरको नक्खुस्थित एनसेलको कार्यालयमा बम बिस्फोट, राजधानीको सुरक्षा व्यवस्था कडा     ‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल     मन्त्री पद्मा अर्यालका पाँच महिना : यी हुन् प्रमूख उपलब्धि     मेयर सत्तापक्ष र उपमेयर प्रतिपक्ष हुँदैन : रेणु दाहाल   
राजनिति

राष्ट्रिय सभाको मतदान सुरु



राजनिति   1 पटक पढिएको        

काठमाडौं माघ २४ राष्ट्रिय सभा सदस्य चयनका लागि ६ प्रदेशका १२ मतदान केन्द्रमा मतदान बिहान १० बजेदेखि मतदान सुरु भएको छ। निर्वाचित हुनुपर्ने ५६ पदमध्ये २४ जना निर्विरोध भइसकेकाले ३२ पदका लागि निर्वाचन सुरू भएको हो। चुनाब हुने ३२ पदमा ५२ जनाबीच प्रतिस्पर्धा हुँदैछ।

राष्ट्रिय सभाको मतदान सुरु


राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्यले मत हाल्नेछन्। सातमध्ये प्रदेश दुइबाट सबै निर्विरोध निर्वाचित भइसकेकाले त्यहाँ चुनाब हुँदैछैन। 

प्रदेश १ मा ६ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ७ मा ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रदेश ३ र प्रदेश ६ मा भने ८ पदमा निर्वाचन भइरहेकाे छ। प्रदेश तीनमा ८ जना चयन गर्न १४ जनाको उम्मेदवारी परेको छ। प्रदेश तीनकाे मतदान केन्द्र जावलखेल खेल मैदानमा मतदान सुरू भइसकेकाे छ। मतगणना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा गर्ने तयारी गरिएको छ।

प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामध्ये महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीन जना हुनेछन्। महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन्।

स्वष्तिक चिन्ह प्रयोग हुने छैन
राष्ट्रियसभा निर्वाचनमा विगतमा जस्तो स्वस्तिक चिह्नको प्रयोग हुने छैन। आयोगका अनुसार प्रदेशसभाका सदस्यले हरियो रङको मतपत्रबाट र स्थानीय तहका प्रतिनिधिले रातो रङको मतपत्रमा मत संकेत गर्नेछन्।

तीन महिला र अन्य ३ सदस्यका लागि एकल संक्रमणीय मतका आधारमा मत संकेत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीनजना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्नेछ। महिला १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुने सदस्यको मतपत्र पनि अलग–अलग हुने भएकाले हरेक मतपत्रमा बढीमा एक जना उम्मेदवारलाई तोकिएको स्थानमा ठीक (राइट) चिह्न संकेत गर्नुपर्नेछ ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2539505 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top