रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
राजनिति

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा



राजनिति   3 पटक पढिएको        

माघ २३ निर्वाचन आयोगले राष्ट्रिय चुनाबको सबै तयारी पूरा गरेको छ। मंगलबार मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्ता डा. अयोधिप्रसाद यादवले बुधबार बिहान १० देखि १ बजेसम्म निर्वाचन हुने जानकारी दिए।

निर्वाचनका लागि १४ वटा मतदान केन्द्र निर्धारण गरिएको उनले जनाए। 

चुनावबाट ५६ जना राष्ट्रिय सभा सांसद चयन हुने छन्। राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख,  उपप्रमुख,  अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्यले मत हाल्न पाउनेछन्।

सातमध्ये प्रदेश दुइबाट सबै निर्विरोध निर्वाचित भइसकेका छन्। आयोगकाअनुसार प्रदेश दुईमा सबै ८ जना निर्विरोध निर्वाचित भएकाले त्यहाँ चुनाव हुने छैन।

प्रदेश १ मा ६ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ७ मा ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ। प्रदेश ३ र प्रदेश ६ मा भने सबै ८ पदमा निर्वाचन हुनेछ।५६ मध्ये २४ पदमा निर्विरोध निर्वाचित भएका छन्। बुधबार चुनाबबाट थप ३२ जना चयन हुनेछन्।

जावलाखेलमा मतदान
प्रदेश तीनबाट ८ जना चयन गर्न १४ जनाको उम्मेदवारी परेको छ। प्रदेश तीनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्म जावलाखेलस्थित खेल मैदानमा मतदान हुनेछ। मतगणना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा गर्ने तयारी गरिएकाे छ।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2288572 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top