रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
समाज

राष्ट्रपति भण्डारीद्धारा एकिकृत नमुना बस्ती हस्तान्तरण



समाज   341 पटक पढिएको        

रौतहट, माघ २३ गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा विभिन्न सुविधा सम्पन्न भएका बस्ती निमार्ण गरेका छन ।

राष्ट्रपति भण्डारीद्धारा एकिकृत नमुना बस्ती हस्तान्तरण

सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरमा बाढीपीडितका लागि निर्माण गरेको नमुना बस्तीलाई आन एक कार्यक्रम गरि राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गरेकी छन ।

राष्ट्रपति भण्डारीले सन्तपुर नमूना बस्ती निर्माण समितिका अध्यक्ष सन्तराम माझीलाई बस्तीको चाबी हस्तान्तरण गरेकी हुन् । गत असोज ४ गते निर्माण सुरु गरिएको नमूना बस्तीमा भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर रहेका छन्। त्यस्तै, नमुना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब घर, भ्यु टावरसमेत निर्माण गरिएको छ।

करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैँ खटेर काम गर्दै आएका थिए। यो एकीकृत नमुना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार धुर्मसले बताए। धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेको यो चौथो एकीकृत बस्ती हो।

कार्यक्रममा प्रमुख अतिथिको उपमा रहेकी राष्ट्रपति बिद्यादेवी भण्डारीले देशको कलाकार भएर पनि सामाजिक कार्यमा अग्रसर भई अरुले गर्न नसकेको काम गरेको र सरकारलाई नै चुनौती दिएको भन्दै सो कार्यको प्रशंशा गरेकी थिइन् । साथै राष्ट्रपति भण्डारीले यस्तो कार्यले अन्य धेरैले सिक्नुपर्ने पनि बताएकी थिइन् ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2189003 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top