रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
राजनिति

प्रदेश–२ मा मुख्यमन्त्री टुङ्गो लगाउन राजपा–फोरम बैठक



राजनिति   9 पटक पढिएको        

काठमाडौं माघ २३ राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले प्रदेश–२ मा सरकार निर्माणबारे औपचारिक छलफल शुरु गरेका छन्। प्रदेश–२ का मुख्य पद बाँडफाँटका विषयमा छलफल गर्न दुई दलको बैठक बस्दै छ। राजपा महामन्त्री केशव झाले बैठक जनकपुरमा जारी रहेको जनाए।


बैठकमा राजपाबाट अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित अध्यक्ष मण्डलका सबै सदस्य उपस्थित छन् भने संघीय फोरमबाट उपेन्द्र यादव लगायतका नेता सहभागी रहेका छन्।

आजको बैठकमा प्रदेश सरकार निर्माणबारे छलफल हुने राजपा महामन्त्री मनिष सुमनले जानकारी दिए।

‘आजको बैठक प्रदेश सरकार निर्माणका विषयमा नै केन्द्रीत हुने हो, बैठकले सरकार निर्माणका सम्बन्धमा एक खालको धारणा तय गर्छ’, सुमनले भने।

ठूलो पार्टी भएकाले संघीय फोरमलाई मुख्यमन्त्री दिने र राजपाले सभामुख लिने आन्तरिक सहमति रहेको समेत चर्चा छ।

राजपा महामन्त्री केशव झाले यस विषयमा औपचारिक रुपमा टुंगो लागि नसकेको जनाए।

‘उहाँहरु ठूलो पार्टी भएकाले मुख्यमन्त्रीमा दावी गर्नु कुनै अनौठो भएन, सबै कुरालाई मध्यनजर गरेर नै आजको बैठकले निर्णय लिन्छ’, नेपालखबरसँग कुरा गर्दै झाले भने।

प्रदेश–२ को १ सय ७ मध्ये संघीय समाजवादीसँग २९ सिट छ भने राजपासँग २५ सिट छ।

यस हिसावले प्रदेश–२ मा सरकार निर्माणका लागि ५४ सिट आवश्यक पर्छ। र, राजपा–फोरमसँग सरकार निर्माणका लागि आवश्यक पर्ने ५४ सिट नै छ।

संघीय समाजवादी फोरमका कोषाध्यक्ष विजय यादवले भने मुख्यमन्त्रीका विषयमा अहिलेसम्म कुनै सहमति नभहेको र आजको बैठकमा उक्त विषयमाथि छलफल हुन लागेको बताए।

‘राजपासँग हामी सहकार्यमै चुनावमा गएका हौं, कुनै दुश्मनी छैन’ यादवले भने, ‘सौहाद्र्धपूर्ण रुपमा छलफल हुन्छ, लेनादेना प्रचलित राजनीतिक अभ्यास अनुसार नै हुन्छ।’

फोरमले आइतबार पार्टी उपाध्यक्ष लालबाबु राउतलाई प्रदेश–२ को संसदीय दलको नेता चयन गरिसकेको छ।

त्यसैले आन्तरिक सहमति नटुटेको खण्डमा राउत प्रदेश– २ को मुख्यमन्त्री हुने निश्चित छ।

राजपाले भने अहिलेसम्म यो प्रदेशमा आफ्नो प्रदेश संसदीय दलको नेता चुन्न सकेको छैन।

संसदीय दलको नेता चुन्न जनकपुरस्थित होटल सीताशरणमा शनिबार बसेको राजपा पदाधिकारीको बैठक बिना निश्कर्ष टुंगिएको थियो।

महामन्त्री झाले संसदीय दलको नेताका लागि ३ जनाबीच प्रतिस्पर्धा रहेकाले यस विषयलाई पार्टीले चाँडै टुंगो लगाउने बताए।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2189007 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top