रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

प्रयावरण संरक्षण र ब्यापार प्रवद्र्धनमा जुटे पुर्वमन्त्री प्रभु साह



राजनिति   46 पटक पढिएको        

रौतहट १९ माघ बिभिन्न रचनात्कम कार्यमा जुुटीरहने विकास पुुरुषको नामले प्रख्यात पुर्वमन्त्री एवं सांसद प्रभु साह प्रयावरण संरक्षण र ब्यापार प्रवद्र्धनमा जुटेका छन । सांसद साहका संगै शनिवार उपमेयर गौरीशंकर साह लगायत बिभिन्न वडाका निर्वाचित अध्यक्षहरु हात हातमा कोदालो,खुुर्पी र पानी हाल्ने भाँडो लिएर मौलापुर बजारमा देखिए ।

प्रयावरण संरक्षण र ब्यापार प्रवद्र्धनमा जुटे पुर्वमन्त्री प्रभु साह


सडकको दुबैछेउमा लगाईएको बिरुआ लाई स्याहार सुुसार पछी पानी हाल्दै जनप्रतिनिधी बजारमा घुुमेको देखेर स्थानिय ब्यापारी किसान शिक्षक लगायत सबैक्षेत्रका प्रबुद्ध ब्यक्तीहरु जुटेका थिए । सांसद साह लगायतका टोली राम्रो बिरुआ संगै रहेको घरधनीलाई बिशेष धन्यवाद र राम्रो बिरुआ नरहेका घरधनी लाई चेतावनी दिएका थिए ।

बिरुआ स्याहार सुुसार पछी मौलापुर बजारमाएक कार्यक्रमको आयोजना भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि सांसद साहले बिगतमा गाडीहरुको चाप कम हुँदा प्रयावरण राम्रो थियो । हाल गाडीको चाप बढेकाले प्रयावरण संरक्षण गर्ने एकमात्र उपाय बृक्षारोपन रहेकाले आफुले बिरुआ संरक्षणमा जोड दिएको बताए। बिदेशमा एकघर एक रुखको नितिलाई अवलम्बन गर्दै मौलापुर नगरपालिकाको वडा ५मा गर्तबर्ष एकघर दुईबिरुआ निति बनाएर बिरुआ बितरण गरेको उहाँले बताउनु भयो।

गतबर्ष लगाईएको उक्त बिरुआहरुको अवस्था निकै उत्साह जनक रहेकाले यस आर्थिक बर्षमा एकघर दुईरुखको निति पुुरै नगरक्षेत्रमालागु गर्न सांसद प्रमु साहले मौलापुर नगरपालिका लाई अनुुरोध गरेका थिए ।

ब्यापार प्रवद्र्धनब्यापार प्रवद्र्धन गर्ने उदेश्यले जनप्रतिनिधी र स्थानिय ब्यापारी बिच मौलापुर बजारमा शनिवार अन्तरकृया कार्यक्रमको आयोजना गरीएको थियो । नगरपालिका द्धारा आयोजित अन्तरकसयामा जनप्रतिनिधीले ब्यापारको प्रवद्र्धनमा कसरी टेवा पुरयाउने र ब्यापारीले कसरी सहयोग लिने बारे चर्चा भएको थियो ।

गृहनगर मौलापुर बजारलाई स्मार्टसिटी बनाउदा स्थानिय बासिन्दाको पनी स्मार्ट सोँच हुनुपर्ने उनले बताएका थिए ।
मौलापुर लाई जिल्लामै नमुना बजार बनाउन नगरपालिकाले सबैखाले सहयोग गर्न तयार रहेको सांसद प्रभु साहले बताएका थिए । सम्पुर्ण ब्यापार लाई स्तरिय बनाउन तथा ब्यापारको स्तर उकास्न यस आर्थिक बर्षमानगरपालिका बाट ३०लाख रुपैया छुटयाईएको नगरप्रमुख रिना साहले जानकारी दिनुु भयो ।

उक्त रकम बाट ब्यापारीहरु लाई बिभिन्न शिपमुलक तालिम तथा बिभिन्न शहरहरुमा भ्रमण गराई ब्यापार लाई शहरीकरण गर्ने उदेश्य रहेको प्रुमख साहले बताउनु भयो । मौलापुर नगरपालिकाका प्रशासकिय अधिकृत परमोद साहले बजार क्षेत्रमा भईरहेको विकास को योजना बारे जानकारी दिएका थिए । कार्यक्रममा वडा अध्यक्षहरु उपेन्द्र जयसवाल, रामप्रवेश याद,बहिदार राउत,जितलाल साह, लगायत दर्जनौ ब्यापारीहरुको सहभागिाता रहेको थियो ।

 










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2273263 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top