रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

प्रदेश नम्बर १ को प्रदेशसभा बैठकस्थल र मन्त्रालयको सम्पूर्ण तयारी पूरा



राजनिति   6 पटक पढिएको        

विराटनगर माघ २० विराटनगर महानगरपालिकामा स्थापित हुने प्रदेश नं १ को मुख्य मन्त्रीको कार्यालय, प्रदेशसभास्थल, प्रदेशसभा सचिवालय लागयत सम्पूर्ण मन्त्रालयको भवन व्यवस्थापन सम्बन्धी कार्य पूरा भएको छ।

प्रदेश नम्बर १ को प्रदेशसभा बैठकस्थल र मन्त्रालयको सम्पूर्ण तयारी पूरा

जिल्ला समन्वय समितिको सभाभवनमा रहेको प्रदेशसभास्थलमा कुर्सीलगायत अन्य सम्पूर्ण व्यवस्थापन कार्य पूरा भएको छ, केही प्राविधिक पक्ष लगायतका कार्य आज सम्पन्न हुने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए।

यसैगरीे मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालय, आवास लगायतका मन्त्रालय रहने कार्यालयमा आइतबार नाम उल्लेख गरिएको बोर्ड लगाइने भएको छ। उक्त बोर्डमा पहिले नेपाल सरकार त्यसपछि मन्त्रालयको नाम, प्रदेश नं १ र विराटनगर राखिने छ।

विराटनगरस्थित क्षेत्रीय कृषि निर्देशालयको पहिलो र दोस्रो तलामा मुख्य मन्त्रीको कार्यालय र निवास रहने मोरङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

यस्तै प्रदेश प्रमुखको कार्यालय र आवास क्षेत्रीय सिँचाइ निर्देशनालयमा र आन्तरिक मामिला तथा कानून मन्त्रालय क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा रहने व्यवस्था गरिएको छ। उक्त मन्त्रालयमा ४१ वटा कार्यका लागि ४१ जना कर्मचारीको दरबन्दी छ।

आर्थिक मामिला तथा योजना मन्त्रालय घरेलु तथा साना उद्योग कार्यालयमा रहने भएको छ। यस मन्त्रालयअन्तर्गत २४ वटा कार्यका लागि १८ जना कर्मचारीको दरबन्दी छ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालयमा रहने भएको छ। यस मन्त्रालयअन्तर्गत विभिन्न २२ वटा कामका लागि २४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य कार्यालयमा रहने छ भने यस मन्त्रालयअन्तर्गत ५८ कामका लागि ३० कर्मचारीले कार्य गर्ने प्रजिअ आचार्यले बताए।

उद्योग, पर्यटन तथा तथा वातावरण मन्त्रालय क्षेत्रीय वन निर्देशालयमा रहने छ भने यस मन्त्रालयअन्तर्गत ६२ कामका लागि २९ कर्मचारी खटाइने भएको छ। यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय क्षेत्रीय पशु निर्देशलयमा रहने छ भने ३२ कामका लागि २९ कर्मचारी यस मन्त्रालयमा कार्य गर्ने भएका छन्।

प्रत्यक्ष प्रशारण

यही माघ २२ गते १ बजे आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकको प्रत्यक्ष प्रशारण गरिने भएको छ। यसका लागि केही प्राविधिक पक्षबाहेक सम्पूर्ण तयारी पूरा भएको प्रजिअ आचार्यले जानकारी दिए। राष्ट्रिय र स्थानीय टेलिभिजनले सभास्थलबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी आज सम्पन्न हुने उनले जानकारी दिए।

मर्यादापालक पोशाक

यस्तै बैठकका लागि हाल १५ जना पुरुष तथा सातजना महिला मर्यादापालक राखिने छ। उनीहरुको पोशाकसमेत तय गरिएको छ। पुरुष मर्यादापालकका लागि सेतो दौरा सुरुवाल, कालो कोट र भादगाउँले कालो टोपी निर्धारण गरिएको छ भने महिलाको हकमा रातो पारी भएको सेतो सारी, रातो चोलो र कालो कोट निर्धारण गरिएको छ।

सभाप्रवेश परिचय पत्र

प्रदेशसभा बैठक हुने माघ २२ गतेका लागि पाँच किसिमका परिचयपत्रको व्यवस्था गरिएको छ। प्रदेशसभा प्रवेशका लागि सांसद, मर्यादापालक, सञ्चारकर्मी, आगन्तुक, विशिष्ट नागरिक, पूर्व सांसदलाई सभास्थल प्रवेशपास ९परिचय पत्र० वितरण गरिने छ।

१४ जिल्ला प्रतीक झल्काउने चिन्ह राख्ने

प्रदेशसभा बैठक कक्षमा १ नं प्रदेशमा रहेका १४ जिल्लालाई चिनाउने प्रतिक चिन्ह फोटो फ्रेममा राखिने भएको छ। जिल्लालाई चिनाउने मुख्य चिन्ह विशेष रुपमा सजावट गरी राखिने भएको छ। प्रदेश नं १ मा प्रत्यक्ष र समानुपातिक गरी ९३ प्रदेशसभा सदस्य छन्। सभा बैठकस्थलमा कुल १७० सिटको व्यवस्था गरिएको जनाएको छ।










सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    382    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    28    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2348055 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top