सबैको मन छुने साहित्यकी धनी -कल्पना प्रसाई पाठक /* - - - Script for Auto Navigation - - - */

सबैको मन छुने साहित्यकी धनी -कल्पना प्रसाई पाठक

समृध्दा केसी /


कल्पना प्रसाई पाठक नेपाली साहित्यीक आकाशमा उदाँउन लागेको एक शसक्त नक्षत्रको रुपमा चिनिन थालेको नाम हो । उहाँ कथा, कविता, गजल, निवन्ध जस्ता साहित्यीक विधामा कलम चलाउन सक्ने स्राष्टाको रुपमा चिनिनुहुन्छ । गद्य शैलीमा


कविता, चर्चित गीत, गजल र चोटिला हाईकु उहाँले रचना गरिसक्नुभएको छ । उहाँका मिठा रचनासँगै मिठो कुराकानी यहाँ प्रस्तुत गर्दछौ ।

कुराकानीको सुरुवातमा साहित्यकार ज्यू भनेर सम्वोधन गर्दा फरक नपर्ला ?
साहित्यीक फाँटमा सिकिराखेकी छु । असिमित सिकाईको क्षेत्र साहित्यमा अब बामे सर्न थालेको महसुस गरेकी छु । अब मेरो साहित्य शोख मात्र हैन व्यवसायीक लेखनमा अघि बढिसकेका कारण साहित्यकार शब्द धान्न सक्छु भन्ने लाग्छ ।

अहिलेसम्म कुन विधामा के–के लेखिसक्नु भयो ?
गद्य कविता, गजल, गीत, हाईकु यीनै विधाका कृतिहरु लिएर आएकी छु । पाठकको माया र सम्मानले थप हौसला बढाएको छ । आगामी दिनमा अझै मिठा रचना पस्कने जमर्कोमा छु ।

अध्ययनलाईपनि अघि बढाउनुभएकै होला ?
मैले आई ए गरेर स्नातकबीचमा नै छोड्न बाध्य भए । पिके मा जोइन गरे लगतै बिरामी भएर पढाईलाईबीचमै रोक्नु परेको छ ।

साहित्यसँगै अरु कुनै क्षेत्रतिर पनि आवद्ध हुनुहुन्छ की ?
दुई जना साथीहरुसँग मिलेर व्यवसाय सञ्चालन गरेको छु । म उद्यमी महिलापनि हो ।

आजभोली नै कुनै कृति ल्याउने तयारी छ की ?
एउटा प्रेम सम्बन्धी काल्पनीक उपन्यास लेख्दै छु । ४, ५ भाग लेखीसकेकी छु । हेरौं कतिको सफल हुन्छु ।

साहित्य क्षेत्रलाई कसरी लिनुन्छ ?
साहित्य क्षेत्र भनेको एउटा महासागर हो । जसमा धेरै राम्रो लेखहरु हुन्छन् र नराम्रोहरु नी हुन्छन् । यो महासागरको एकै अन्र्तवार्तामा व्याख्या गर्ने गाह्रो छ ।

भनिन्छ साहित्य क्षेत्रमा लाग्ने मान्छेहरु प्रेममा धोका पाएर वा मनमा धेरै पिडाभएरै यो क्षेत्रमा लागेका हुन्छन् तपाई के भन्नुहुन्छ ?
पे्रममा धोका खाएर मात्र साहित्यकार कोही बन्दैन यो गलत हो म चाहि यो मान्दिन । साहित्यकार बन्नलाई मनमा कुनै पनि कुरा प्रति भावना आउनुका साथै लेखन शैली पनि उतिकै राम्रो हुनु पर्छ । मेरो तेस्तो हैन् मनमा भावना आएको बेला लेख्ने गर्दछु । यो मेरो जन्मसिद्ध क्षमता हो जस्तो लाग्छ । लेखन कार्य लेख्छु भनेर घोत्लिएर मात्र हुन्न । जन्म
तपाइलाई रचना गर्दा कस्तो खालको साहित्यक लेख रच्नुहुन्छ ?
मलाई लेखहरु त गहिरो भन्दा नि सबैले बुझ्ने लेख, साहित्य रचना गर्दछु । म हाम्रो नेपालमा सबै साक्षर हुनुहुन्न त्यसैले पनि म सरल खालको साथै सबै परिवारसँगै बसेर पढ्ने खालको लेख रच्दछु ।

मनपर्ने साहित्यकारको नाम लिनु पर्दा कसको नाम लिन चाहानु हुन्छ ?
लक्ष्मीप्रसाद देवकोट, कृष्णधाराबासी, सबै मनपर्छ । यो मनपर्छ यो पर्दैन भन्ने छैन लेखनाथ पौडेल, माधवप्रसाद घिमिरे सबै राम्रो लाग्छ ।
आजभोलि अरुको लेख, रचना कपी गर्ने प्रवृत्ति चलिराछ तपाई तेस्ता व्यक्तिहरुलाई के सुझाब दिनुहुन्छ ?
त्यस्तो नगर्नुहोस आफनो र्सिजना भनेको आफनो संसार हो । अरुको कपी गर्नुपरे पनि स्रोत खुलाई दिनुहोला । भन्ने चाहान्छु । राज्यले प्रतिलिपी अधिकार सुनिश्चित बनाउन कानून बनाएको छ । तर त्यो कार्यन्वयन हुन नसक्दा तपाईले भनेजस्तै धेरै छ । कानून कार्यन्वयन भएपछि र मानिस जिम्मेवार भएपछि यो समस्या हल हुन्छ भन्ने लाग्छ ।

अब अन्त्यमा तपाईको शुभचिन्तकलाई के भन्न चाहानुहुन्छ ?
मेरो गीत आइरहेको छ । सुनिदिनु होला । राम्रोलाई मात्र हैन नराम्रो पक्षलाई पनि अ‍ैलाईदिनुहोला । मेरो लेख रचनाहरु पनि पढेर सल्लाहा सुझाब दिनुहोस् , साहित्यीक क्षेत्र र नेपाली गीतसंगित सुनि माया गरिदिनु होला ।

उहाँका केही रचनाहरु

रोई दिन्छु फकाई फकाई मनाउँछौ कि कतै
सबको सामु तिम्रै हुँ भनी जनाउँछौ कि कतै

तिमीलाई सम्झी सम्झी मैले मात्र कति रुनु
मेरो यादमा ऑसु झारी बगाउँछौ कि कतै

पंचे बाजा बजाएर लिन आउँछु तिमीलाई
मेरै नामको सिन्दुर चुरा लगाउँछौ कि कतै

रित्तीए म मॉयाको लागी भोको छु तिम्रो प्रेमको
मॉयाको भंडार मेरै झोलीमा खन्याउँछौ कि कतै

थाके छु भने कुनै दिन जीवनको भारी बोक्दा
हात समाई पाईला सार्न सघाउँछौ कि कतै
कल्पना (प्रसाई) पाठक

तिम्रा खुशी मेरा हुनु पर्ने
तिम्रा चाहाना मेरा हुनु पर्ने
संग संगै दौडिन्छौं हामी
थकाई लागी तिमी पल्टिन्छौ
तिम्रो थकाईमा मैले मेरो आराम
खोज्नु पर्ने
निथ्रुक्क भिज्छु म
तिमी ओभानो हुदॉ
मैले सुक्नु पर्ने
यहि छ अन्तर तिमी र म मा
तिमी गलत हुदा पनी मैले मान्नु पर्ने
दुख लुकाई तिम्रो सामु
खुशीको ऑसु झार्नु पर्ने
सजीब बिच्छौना हुं म तिम्रो
तिमी पल्टीन्छौ
म खुम्चिनु पर्ने
तिमी फैलिन्छौं म
हराउनु पर्ने
म रित्तिन्छु
तिमी पुरक हुनु पर्ने
तै पनि ओठमा जून
मुस्कुराउछ तिम्रै लागी
कि न की
म तिम्रो धर्म पत्नि
कहिले कॉहि सतित्वमा
संका उब्जन्छ्
रातारात समबन्धका सिमाना
छिचोल्दै चोखिनु पर्छ
तिमी तिमी हुनुमा जे पनि गर्छौ
म तिम्रो अत्याचारमा ऑखा पगाल्छु
मनमा सयौं ज्वारभाट
संहदै परिवार समाल्छु
बुझ्दैनौ तिमी स्वास्नी हुनुको महत्व
तै पनि टिलीक्क टल्कॉउछु तिमीलाई
अफिस कोठामा
थकाईको महसुस नै हुन्न
तिम्रो उपस्थितीमा त्यसरीनै
फुल्छन् लाली गुरॉस
न मेरो सपनाको हिसाब राख्छौ
न खुशीको पराकाष्ठा सम्झिन्छौ
म भुल्दै जान्छु आफ्नो अस्तित्व
भुल्छु आफ्नो प्रतिष्ठा
अब मैले तिम्रै प्रतिष्ठामा फुल्नु पर्छ
तिम्रो ईच्छाको दरबारमा आफुलाई
अटाउनु पर्छ
तिम्रो भाषामा मैले मौन बस्नु पर्छ
समाजको ऑखामा
तिमीलाई सफा राख्न् पर्छ
त्याग र बलिदानको दिप बाल्नु पर्छ
किन की तिमी र म बिच गहिरो
संबन्ध छ
अत्याचारको थप्पड प्रहार गरे पनी
ब्यभिचारको मुक्का हाने पनी
तिम्रै लागी बाच्नु पर्छ
तिम्रै लागी हॉस्नु पर्छ

तिम्रो खुशी हेर्दै मन बहलॉउछु
अबिश्वासको पर्खाल लडॉउछु
कि न की
म तिम्रो
धर्म पत्नी

कल्पना(प्रसाई)पाठक

हाम्रो पनि जवानी थियो आज ८० लागीयो प्रिया
दुखमा संगै झरे ऑसु सुखमा सगैं हॉसियो प्रिया

लाली गुरॉस मुस्कुराउथे तिम्रा ति गालामा पनि
उमेरले नेटो काट्यो हेर्दा हेर्दै चाउरियो प्रिया

कहिले सताएर बिते दिन कहिले बिते फकाएर
जति जिवन बॉच्यौ खुसी लेे प्रित गॉसियो प्रिया

मन त कॉहा छ र एक्लै तिमीलाई छोडी जाने
जानै पर्ने अघि पछि जति बॉच्नु बॉचियो प्रिया

रितै रैछ छुटेर जाने पालो मात्र फरक फरक
तिमी बिना जिउनु पर्दा संसार नै भासियो प्रिया

कल्पना (प्रसाई) पाठक



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110200 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top