रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

राईसमिल जग्गा प्रकरण बारे सर्वपक्षिय बहस आजको प्रमुख आवश्यक्ता



राजनिति   17 पटक पढिएको        

रौतहट, १९ माध रौतहटको धरोहर गौर राईस मिलको जग्गा अधिग्रहण हुने कि नहुने अन्यौल बढेको छ । गौर राईसमिल एण्ड प्mलोर्स मिल्स कम्पनीका सचिव बैकुन्ठ पौडेल जग्गा रजिष्ट्रेषन गराउन बारम्वार रौतहटका सबै पक्ष संग भेट गरि सकेको कुरा कसै संग लुकेको छैन् ।

राईसमिल जग्गा प्रकरण बारे सर्वपक्षिय बहस आजको प्रमुख आवश्यक्ता


सो जग्गा बचाउन रौतहट बासी तथा जनप्रतिनिधि बिहिन अवस्थामा गौर नगरपालिका कार्यालयले खेलेको भुमिका सराहनीय रहेको छ तर जग्गा अधिग्रहणको निर्णय तत्कालीन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गरेपनि सफल हुन सकेन । तत्कालीन प्रधानमन्धी एवं गौर नगरपालिका वडा नं. २ घर भएका माधव कुमार नेपाल समेत सो जग्गा अधिग्रहण गर्न असफल भएपछि रौतहट बासी चिन्तित भएका छन् ।

स्थानिय तहमा जनप्रतिनिधि आउनु भन्दा अगाबै गौर नगरपालिका कार्यालयले पहल गरेर सो जग्गाको मुल्याङकन गरि रु. १४ करोड ७ लाख ९८ हजार ५ रुपैया निकासा गर्न संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । मन्त्रालयबाट जवाफ नआएको अवस्थामा जनप्रतिनिधि आएपछि गौर नगरपालिका कार्यालयका नगर प्रमुख अजय कुमार गुप्ता समेतले ताकेता पत्र पठाए र बारम्वार मन्त्रालय संग सम्पर्कमा समेत बसेका छन् ।

 उता मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङगका अनुसार जग्गा अधिग्रहण गर्न आवश्यक रकम नगरपालिका आफैले आन्तरिक आयबाट व्यवस्था गर्नुको किल्प नरहेको बताउछन् । गौर राईस मिलका संचालक मध्ये एक विजय सराबगी हाल बिरगंज महानगरपालिका कार्यालयका नगर प्रमुख हुन भने प्रदेश नं. २ मा वहाको राजनैतिक पहुच, आर्थिक सबलता धेरै अगाडि रहेको छ । त्यस कारण समेत केन्दीय सरकार तथा प्रदेश सरकार यस मुद्धामा कुनै सहयोग नगर्ने सजिलै अनुमान गर्न सकिन्छ ।

रौतहटको धरोहर जोगाउन या त गौर नगरपालिकाको आन्तरिक आय १४ करोड ७ लाख ९८ हजार ५ रुपैया पुर्याउन तिर लाग्नु पर्यो नत्र दान चन्दा, उपहारको लागि नगरपालिकाले एउटा छुटै बैंक खाता खोलेर रकम संकलन गर्न तिर लाग्नु पर्यो । समग्रमा गौर नगरपालिका कार्यालयले राईस मिल मुद्यामा एउटा सर्वपक्षिय बहसको आयोजना गर्न आजको प्रमुख आवश्यकता देखा परेको छ ।  










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2273266 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top