रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
देश

वाइसिएलले प्रमुख १० सहरमा जनयुद्ध दिवस मनाउने



देश   20 पटक पढिएको        

काठमाडौँ माघ १९ वाइसिएल नेपालले देशका १० प्रमुख शहरमा जनयुद्ध दिवस विविध कार्यक्रमका साथमा मनाउने भएको छ। राजधानी उपलब्ध पदाधिकारीहरुको बिहीबार बसेको बैठकले काठमाडौँ, पोखरा, नेपालगन्ज, धनगढी, चितवन, वीरगन्ज, इटहरी, दाङ, सुर्खेत, बुटवल सहरमा विशेष कार्यक्रम गर्ने भएको हो। कार्यक्रमको तयारीका लागि वाइसिएललेकेन्द्रीय नेताहरुको जिम्मेवारी समेत तोकेको छ।

वाइसिएलले प्रमुख १० सहरमा जनयुद्ध दिवस मनाउने


जसअनुसार इटहरीमा पूर्ण भुजेल, वीरगंजमा लालेन्द्रकुमार मण्डल, काठमाडौंमा ज्ञानबहादुर गुरुङ्, चितवनमा केहरसिंह कुँवर, पोखरामा विनय थापा, बुटवलमा गंगा कार्की ‘पुजा, दाङमा गणेश शाही, नेपालगंजमा रतन शाही, सुर्खेतमा गगनबहादुर मल्ल ‘युनाईटेड’, र धनगढीमा सुरज सिंहलाई संयोजक तोकेको छ।

नेकपा माओवादी केन्द्र निकट वाइसीयल नेपालले जनयुद्ध दिवशको अवसर पारेर देशका दश शहरमा भव्यरुपमा जनयुद्ध दिवश मनाउने भएको छ । माघ १८ गते काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको बैठक बसेर उक्त निर्णय सार्वजनिक गरेको हो ।

‘महान जनयुद्दको २३ औं वार्षिकोत्सव भव्य रुपमा मनाऔं, युवा नेतृत्वको विकाससहित वाम गठबन्धनलाई पार्टी एकतामा बदलौं’ भन्ने मूल नाराका साथ संगठनका सबै तहका कमिटिलाई निर्देशन दिएको अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुवोधराज शेर्पालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2288570 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top