डाटा नहुदा खुल्ला दिशामुक्त अभियान प्रभावित /* - - - Script for Auto Navigation - - - */

डाटा नहुदा खुल्ला दिशामुक्त अभियान प्रभावित

जितेन्द्र कुमार । रौतहट, १८ माघ


जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रौतहटका प्रमुख डिई अनिल केशरीको सक्रियतामा रौतहटका साविक ४३ वडा गाविस खुल्ला दिशामुक्त घोषणा भएका छन् ।


 सहजिकरण गर्ने संस्थाहरु सम्बन्धीत वडामा नजाने, वडा अध्यक्ष वडा सचिव संग समन्वय नगर्ने तथा घरधुरी अनुसार बाँकी घरपरिवारको यकिन डाटा समेत नराख्दा खुल्ला दिशामुक्त अभियान प्रभावित भएको छ । विभिन्न दातृ निकायहरु यूनिसेफ, युएन हेविटेट, अक्सफाम, फन वोर्डलाई जालझेलमा पारि रकम मात्र सखाप पार्ने केहि गैर सरकारी संस्थाका कारण   रौतहटको खुल्ला दिशामुक्त अभियान सेलाएको छ ।

डिई केशरीको अनुसार आफुले    बारम्वार सहजीकरण गर्ने संस्थालाई डाटा अपडेट गर्न भने पनि गैर सरकारी संस्थाले    अटेरी गर्दै  आएको गुनासो पोखेका छन् । पछिल्लो समयमा अभियानलाई तिब्र गति दिन डिई केशरीले संचारकर्मीहरुको टोली समेत परिचालन गरेका थिए  जसले अभियानमा सकारात्मक प्रभाव पारेपनि सहजिकरण गर्ने संस्था संग शौचालय बनाउन बाँकी घरपरिवारको डाटा नरहेका    कारण समस्या उत्पन्न भएको थियो ।

संचारकर्मीहरु, गैर सरकारी संस्थाका प्रतिनिधि, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका टोली संगको  एक कार्यक्रममा डिई केशरीले रौतहटका शौचालय निर्माण भएको घरपरिवारको डाटा ३ महिना देखि एउटै रहेको दुखेसो पोखेका छन् । शौचालय निर्माण तिब्र गतिमा भईरहेपनि डाटा अपडेट नहुन दुखद रहेको डिई केशरीले बताउनु भएको छ । 



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1920376 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top