जनप्रतिनिधिको अगाडि मौलापुर मालपोतमा व्यापक भ्रष्टाचार /* - - - Script for Auto Navigation - - - */

जनप्रतिनिधिको अगाडि मौलापुर मालपोतमा व्यापक भ्रष्टाचार

संजय मिश्रा । रौतहट, माघ १७


संसदीय निर्वाचन ३ अर्थात विकासे पुर्वमन्त्री प्रभु साहको गाउँ मौलापुर नगरपालिका स्थित मालपोत कार्यालयमा व्यापक भ्रष्टाचार भैई रहेकोे छ ।


आमुने सामुने मात्र २ मिटरको फरकमा नगरपालिकाको कार्यालयको अगाडि रहेको मालपोत का तलदेखी हाकिम सम्म पैसा नलिई  कामै नगर्ने चलनले शेवाग्रही परेसान भएका छन  ।

दुई दशक सम्म जनप्रतिनिधिको अनुपस्थितमा घुस खान पल्किसकेका मालपोतका कर्मचारी हाल जनप्रतिनिधि लाई टेरपुच्छर नलगाई कुनै वास्ता नै नगरि सबै काममा पैसा अशुल गरिरहेको शेवग्रही ले गुनासो गरेका छन ।

सदरमुकाम गौरमा हुदा स्थानीय प्रशासन को केही डर पनि थिओ तर मौलापुरमा नियमनकारी कुनै कार्यालय नहुदा शेवाग्रही सङ मनपरि पैसा लिने र न दिनेलाई विभिन्न सिफारिस नमिलेको भन्दै अनावश्यक ४/५ दिना सम्म मालपोत का कर्मचारी ले दौडाउने गरेका छन ।

एककिता जग्गा राजिनामा गर्नमा दर्तामा २२/रुपैआ,रोक्का हेर्नेले २००/ रुपैया,मोठफाटमा २००/ रुपैयाँको दरले र पछि हाकिमको  सहि गर्न समेत गरि १५ सय रुपैया राजस्व को अलावा खर्च हुनेगरेको एकजना शेवाग्रही कटहरिया नगरपालिका ४ का गणेश साहले बताउनु भयो  ।

जग्गा राजिनामा गर्नजादा आफुले घस नदिदा एउटै कामको लागि लगातार ३ दिन दौडनु परेको अर्का शेवाग्रही कटहरिया ५ का अजय कुश्वाहाले बताए ।

यो दुई उदाहरण मात्र हुन मौलापुर नगरपालिकामा काम लिएर आउने जो कोहि शेवाग्रही पनि आर्जित भएर जान्छन  । कार्यालय प्रमुख बबुनन्दन साहले कार्यालयको गतिविधि बारे अनबिज्ता जनाई रहेका छन  ।

मौलापुर नगरपालिका का मेयर रिना साहले जनतालाई दुख दिने कर्मचारी अथवा मालपोत कर्यालयको गतिबिधी नीग्रानी गरि दोसि कर्मचारी लाई कर्यवाहिको सिफारिस गर्ने प्रतिव्ध्ता जनाउनु भयो  ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1920375 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top