फाल्गुन मसान्त भित्र मौलापुर नगरपालिका खुल्ला दिशामुक्त घोषण हुने /* - - - Script for Auto Navigation - - - */

फाल्गुन मसान्त भित्र मौलापुर नगरपालिका खुल्ला दिशामुक्त घोषण हुने

रौतहट १६ माघ ।


रौतहट जिल्लाको मौलापुर नगरपालिका २०७४ फाल्गुन मसान्त भित्र खुल्ला दिशामुक्त हुने नगर प्रमुख रिना देवी साहले बताउनु भएको छ ।



खुल्ला दिशामुक्त अभियानमा होमिएका     पत्रकारहरु संग कुरा गर्दै नगर प्रमुख साहले आफु महिला नगर प्रमुख भएको तथा शौचालय बिहिन अवस्थामा सब भन्दा बढि महिलाहरुलाई नै समस्या हुने भएकोले आफु खुल्ला दिशामुक्त नगर गर्न लागि परेको बताउनु भयो ।
नगरपालिकाको वडा नं. ३,४ र ५ मा सत प्रतिशत घरमा शौचालय निर्माण भईसकेको तथा साविक गाविसको कार्यालयले दिने भनेको सुबिधा हाल सम्म उप्लब्ध  नगराएकोले खुल्ला दिशामुक्त हुन नसकेको बताउदै तत्काल सो रकम बिनियोजन गरि खुल्ला दिशामुक्त घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1920373 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top