गौर भन्सारको लक्ष्य भन्दा २ करोड ५८ लाख राजस्व कमी /* - - - Script for Auto Navigation - - - */

गौर भन्सारको लक्ष्य भन्दा २ करोड ५८ लाख राजस्व कमी

भन्सार अधिकृत बिमल साह तस्करलाइ सघाउन्दै

गौर/ १४, माघ


गौर भन्सार धेरै राजस्व चुहावट गरेको छ । आर्थिक बर्ष २०७४÷०७५को लागी बार्षिक १७ करोड ४४ लाख लक्ष्य लिएको गौर भन्सार कार्यालयले गत साउन देखी पुस मसान्त सम्म अर्धबार्षिक तथ्याङक अन’सार ५ करोड २२ लाख मात्र राजस्व


संकलन गरेको छ । यस अबधिमा ७ करोड ८० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि  करिब २ करोड ५८ लाख  कम राजस्व संकलन भएको छ । यती धेरै कम राजस्व संकलन हुनुमा भन्सार कार्यालयका कर्मचारी नै दोषि देखिएको बुझन आएको छ । गौर भन्सार कार्यालयका शाखा अधिकृत बिमल साहको गलत रबैयाको कारण यस बर्ष लक्ष्य भन्दा धेरै नै कम राजस्व संकलन हुने देखिएको हो । भन्सार अधिकृत साहले भारतिय सिमा क्षेत्रका हरेक नाका नाकामा आफै पुगेर मासिक नजरआजा उठाउने गरेको समेत स्थानिय सरोकारवालाहरुको आरोप छ । गत आर्थिक बर्षमा बिभिन्न मधेशबादी दलहरुको मधेश आन्दोलनको बाबजुद पनि तोकिएको लक्ष्य भन्दा २३ प्रतिशत बढी राजस्व संकलन गरेको गौर भन्सारले यस आर्थिक बर्षमा भन्सार अधिकृत  साहको कारण नै यस्तो र्दुर्दशा हुन पुगेको सोही कार्यालयमा काम गर्ने एक कर्मचारीले नाम नबताउने सर्तमा भनेका छन । प्रमुख भन्सार अधिकृत राजनबाबु काफलेको सोझोपनको फाइदा उठाउदै अधिकृत साहले सोही कार्यालयका नायब सुब्बा मुकेश कुमार साहको साथ लिदै हरेक नाकामा अराजकता मच्चाउदै आएका छन । जिल्लाको लक्ष्मीपुर बेलबिछुअवा,महादेबपट्टी,गौर भन्सारको मुख्य नाका,औरैया,बन्जहरा,रमपुर्वा लगायतका हरेक नाकामा आफनो एजेन्ट मार्फत अबैध रकम असुली गदै तस्करहरुलाइ लाइन दिने गरेको पाइएको छ । यदी तस्करहरुले पैसा नदिएको खण्डमा फोन गरेर काम बन्द गराइदिने भन्दै धम्काउने गरेको भारतिय तस्कर दिनेश यादबले बताए । सिमा क्षेत्रबाट अबैध रुपमा स्पेयर पार्ट,कपडा,खाद्ययन्न पदार्थ,रेडबुल,कुखुराको चल्ला,सिमेन्ट,खानेतेल,चिनी लगायतका समानहरु भित्रदै आएका छन । यसैगरी भन्सार अधिकृत  साह र नायब सुब्बा मुकेश साहले प्रहरीले बुझाएको मोटरसाइकल,साना सवारी साधन लगायतका समानहरु पनि बेच्ने गरेको आरोप लागेको छ । बिगत लामो समय देखी गौर भन्सारले सवारी साधनको लिलाम गर्न नसकिरहेको अबस्थामा भन्सार अधिकृत साहले लिलाम गर्न ल्याइएका सवारी साधनको स्पेयर पार्टस निकालेर बेच्ने गरेको पाइएको छ । जसकारण लिलामी हुने सवारी साधनहरु कुनै पनि ब्यपारीहरुले सकार्न सकेका छैनन । बजारमा रहेका मोटरसाइकल ग्यारेज तथा मोटर ग्यारेजका मित्रीहरु संग साठगाठ गरी यसरी भन्सार भित्र रहेका सवारी साधनहरुको स्पेयर पार्टस बिक्रि गदै आएको उनी माथि आरोप छ । यस्तैगरी उनले गौर भन्सार कार्यालय अगाडीबाट नै ब्यापक रुपमा राजस्व चुहाबट गदै गलत पफाइदा उठाउदै गरेको आरोप पनि छ । गौरको बाबा ट्रान्र्पोटस र पशुपति ट्रान्पोर्टसबाट मोटो रकम उठाउदै भन्सार नकाटी नेपाल तपवर्m समान भित्राउने गरेको पाइएको हो ।  




कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108321 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top