रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
राजनिति

वाम र मधेसी गठनबन्धन मिल्दा प्रदेश २ मा कांग्रेस शून्य



राजनिति   35 पटक पढिएको        

काठमाडौं, ९ माघ मधेसी गठबन्धनले वाम गठबन्धनसामू राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रस्ताव राखेको छ । एमाले संसदीय दलको कार्यालयमा मंगलबार एमाले, माओवादी, संघीय फोरम र राजपाका नेताहरुबीच छलफल भएको थियो ।

वाम र मधेसी गठनबन्धन मिल्दा प्रदेश २ मा कांग्रेस शून्य

बैठकमा प्रदेश २ मा स्पष्ट बहुमत पाएको दुई दलसँग राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्न बाम गठबन्धनका तर्फबाट औपचारिक प्रस्ताव गरिएको एमाले नेता सुवाष नेम्वाङले जानकारी दिए ।

मधेसी दलहरु पनि वाम गठबन्धनसँग तालमेल गर्न सहमत छन् । तर, कसले कति सिट लिने भन्ने टुंगो लागेको छैन ।

अलग अलग लड्दा प्रदेश २ बाट चयन हुने राष्ट्रियसभाका ८ सिट मध्ये चार मधेसी गठबन्धनले जित्ने देखिन्छ भने वाम गठबन्धन र कांग्रेसले २-२ सिज जित्नेछन् । कांग्रेस र मधेसी दलहरु मिले पनि वाम गठबन्धनको दुई सिट सुरक्षित हुनेछ । तर, वाम र मधेसी गठनबन्धन मिल्दा प्रदेश २ मा कांग्रेस शून्य हुनेछ ।

स्रोतका अनुसार बैठकमा मधेसी दलहरुले ६ मध्ये ६ सिट आफूहरुलाई दिन माग गरेका छन् । तर, वाम गठबन्धनका नेताहरुले कांग्रेसलाई शुन्य बनाउँदा आउने २ सिट मध्ये एकएक सिट लिने प्रस्ताव गरेको छ ।

बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँहरुले हाम्रो सुरक्षित दुई सिट लिनुस्, बाँकी हामीलाई दिनुस् भन्नु भएको छ । हामीले लाभ आधा आधा गरौं भनेका छौं । यसबारे ३ बजे फेरि छलफल गर्छौ ।’
एमाले र माओवादीका नेताहरुले राष्ट्रियसभामा तालमेल भए यो सहकार्य सरकारसम्म जाने सक्ने बताएका छन् ।

बैठकमा एमालेबाट नेता नेम्वाङ र अग्नि खरेल, माओवादी केन्द्रबाट वर्षमान पुन र मातृका यादव सहभागी थिए भने फोरमबाट राजेन्द्र श्रेष्ठ र राजपाबाट सर्वेन्द्रनाथ शुक्ला, रामनरेश यादव, वृशेषचन्द्र लाल लगायत थिए ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2189029 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top