सनराइजको थप तीन शाखा /* - - - Script for Auto Navigation - - - */

सनराइजको थप तीन शाखा

काठमाडौं /०७,माघ/


सनराइज बैङ्कले वित्तीय सेवामा सबैको पहुँच पु¥याउने उद्देश्यअनुरूप थप तीन स्थानमा शाखा सञ्चालन गरेको छ । बैङ्कले आइतवार आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच पर्साको विन्ध्यवासिनी, ताप्लेजुङको मौवाखोला र बाँकेको नरैनापुर


गाउँपालिकामा शाखा सञ्चालन गरेको हो ।

विन्ध्यवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानू र बैङ्कका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले विन्ध्यवासिनी शाखाको, मौवाखोला गाउँपालिका अध्यक्ष राजकुमार थात्लुङ र बैङ्कका नायब महाप्रबन्धक रविनकुमार नेपालले मौवाखोला शाखाको र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र नेपाल राष्ट्र बैङ्क नेपालगञ्जका सञ्चालक गुरु पौडेलले नरैनापुर शाखाको संयुक्त रूपमा उद्घाटन गरेको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यीसमेत गरी बैङ्कले अब ७५ शाखा, ९१ एटीएम, तीन एक्सटेन्शन काउण्टर तथा २० शाखारहित बैङ्किङ सेवाकेन्द्रमार्फत बैङ्किङ सेवा प्रदान गर्नेछ ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108313 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top