रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
अर्थ

सिद्धार्थको चार नयाँ शाखा



अर्थ   38 पटक पढिएको        

काठमान्डू/०७,माघ/ बैङ्किङ पहुँच नपुगेका गाउँपालिका तथा नगरपालिकामा शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप सिद्धार्थ बैङ्कले देशका विभिन्न स्थानमा शाखा सञ्चालन गरेको छ । बैङ्कले आइतवार सुनसरीको गढी गाउँपालिका, काभ्रेको रोसी

सिद्धार्थको चार नयाँ शाखा

 गाउँपालिका, रूपन्देहीको मर्चवारी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकामा शाखा सञ्चालन गरेको छ ।

यी सबै शाखामार्फत नेपाल सरकार एवम् नेपाल राष्ट्र बैङ्कको नीतिबमोजिम स्थानीय सरकारको सम्पूर्ण कारोवार सञ्चालन हुने बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, यी शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैङ्किङ सेवासमेत प्राप्त गर्न सकिने बैङ्कको भनाइ छ । बैङ्कले निकट भविष्यमा बैङ्किङ पुहँच नपुगेका थप १० गाउँपालिका तथा नगरपालिकामा समेत शाखा सञ्चालन गर्ने जानकारी दिएको छ । हालै सञ्चालनमा आएका शाखासहित बैङ्कले देशभर ८६ शाखा, १ सय ५ एटीएम काउण्टर, ९९ शाखारहित बैङ्किङ सेवा र तीन एक्सटेन्शन काउण्टरमार्फत वित्तीय सेवा दिँदै आएको छ । यसैबीच बैङ्कले गठ्ठाघर शाखालाई पर्याप्त पार्किङ र ग्राहकमैत्री वातावरणसहितको गठ्ठाघरमै अवस्थित नयाँ भवनमा स्थानान्तरण गरेको छ ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2269703 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top