रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बाराका हावाहुरी प्रभावित परिवारलाई पत्रकार पटेलको पहलमा ७० वटा प्रेसर कुकर वितरण      बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न   
सांस्कृती/साहित्य

सरस्वतीको मूर्ति बनाउन कालिगढ व्यस्त



सांस्कृती/साहित्य   1 पटक पढिएको        

रौतहट /०५,माघ / सरस्वती पूजा नजिकिँदै जाँदा रौतहटका बजारमा मूर्ति व्यवसायीहरू मूर्ति बनाउन व्यस्त देखिएका छन् । माटोको मूर्ति बनाउने कुमालेहरू सरस्वती पूजाको अवसरमा सरस्वतीको मूर्ति बनाउन व्यस्त भएका हुन् । उनीहरुले यो समयमा मूर्तिबाट

सरस्वतीको मूर्ति बनाउन कालिगढ व्यस्त

राम्रो आम्दानी लिने गरेका छन् ।

सरस्वती पूजामा सरस्वतीको मूर्ति आवश्यक पर्ने भएकाले सदरमुकाम गौरका विभिन्न ठाउँमा सरस्वती माताको मूर्ति बनाउन अहिले कालिगढ लागिपरेका छन् । एउटा सरस्वतीको मूर्तिको ३ हजारदेखि ५ हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनीहरूले बताएका छन् । सरस्वती पूजाको अवधिभरमा करीब ६० हजार रुपैयाँसम्मको आम्दानी गर्ने सवगढका विकास पण्डितले बताए ।

विशेषगरी दुर्गापूजा, विश्वकर्मापूजा, कृष्णजन्माष्टमी र सरस्वती पूजाको समयमा मूर्तिको माग हुने गरेको उनले जानकारी दिए । सरस्वती पूजा धार्मिक परम्परा भए पनि त्यसभित्र ठूलो व्यवसाय लुकेको मूर्तिकार बताउँछन् । रौतहटका अधिकांश निजी तथा सामुदायिक विद्यालयले सरस्वती पूजाको दिनमा विद्यालयमा मूर्तिको राखेर पूजा गर्ने गरेका छन् ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2599267 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top