रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
सांस्कृती/साहित्य

मिथिला कला लिएर काठमाडौं आइन् सुनैना (तस्बिर सहित)



सांस्कृती/साहित्य   9 पटक पढिएको        

२ माघ, काठमाडौ । मिथिला कलामा उदयीमान नारी कलाकार सुनैना ठाकुर मिथिला कला लिएर काठमाडौं आएकी छन् । बबरमहल स्थित आर्ट काउन्सीलमा सोमबारदेखि सुरु भएर शुक्रबार सम्म चल्ने उनको एकल कला प्रदर्शनी नेकपा माओवादी केन्द्रको वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका श्रेष्ठले सुनैनाको कलामा प्रतिभाको राम्रो अभिव्यक्ति मात्र नभएर जीवनदृष्टि पनि अभिव्यक्त भएको बताएका थिए ।

मिथिला कला लिएर काठमाडौं आइन् सुनैना (तस्बिर सहित)

 उनले मिथिलाकला संस्कृतिलाई चित्रकला मार्फत बाहिर ल्याउने काम मात्र नभएर मिथिला कलाशैलीलाई चित्रमा प्रयोग गर्दै प्रेम, माया, स्नेह, सामाजिक राजनीतिक अधिकार, महिलामुखी, समान विकास, धर्मनिरपेक्षता लगायतलाई आफ्नो कलामा चित्रण गर्न सुनैना सफल भएको बताए ।
श्रेष्ठले सुनैनाको यस्तो कार्यलाई सम्बन्धीत संघ संस्था तथा राज्यले पनि कला प्रोत्साहनको विकासमा सहयोग गर्नुपर्ने समेत बताए ।
एकदशक देखि कलाकारिता क्षेत्रमा लाग्दै आएकी  जनकपुर जलेश्वरकी सुनैनाले कलामार्फत मधेशको आवाजलाई केन्द्रसँग जोड्ने अभिलाषा बोकेर काठमाडौंमा कला प्रदर्शन गरिएको बताउँदै आफूमात्र नभएर समग्र महिलाको शसक्तिकरणका लागि कलामार्फत आफू लागिपरेको बताइन् ।


यसअघि ग्रुपएक्जिविसनमार्फत आफ्ना कला प्रदर्शन गरिसकेकी सुनैनाको यो प्रदर्शन काठमाडौंमा दोश्रो र एकल प्रदर्शनी पहिलो रहेको बताइन् । यसअघि उनले पोखरा, जलेश्वर, महोत्तरी, काठमाडौंको भृकुटी मण्डप, नयाँ दिल्ली, जनकपुर, दिल्लीको ललितकला एकाडेमीमा ग्रुप एक्जिविसन अफ मिथिला आर्टस २०१७ र २०१६ मा अमेरिकामा सोलो एक्जिविसन सम्पन्न गरेकी छन् । त्यहाँ उनले अर्वाड समेत प्राप्त गरेकी थिइन् ।

सुनैनाले मिथिला कलाले विश्वमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै अमेरिका, जापान, क्यानडा, श्रीलंका, भारत, अष्ट्रेलिया लगायतका युरोपियन देशमा यसको माग रहेको र मिथिला कलाको विस्तार र विकासका लागि प्रचार प्रसार आवश्यक रहेको समेत बताइन् ।


झण्डै ९० जनाको हाराहारीमा आफूजस्तै महिला दिदीबहिनीलाई चित्रकलाको तालिम दिइसकेकी सुनैनाले कला कोरिसकेपछि मधेशमा त्यसको व्यवसायिक बजार निर्माण गर्न नसकेको बताइन् ।


विशेष गरेर समानताका कुरा झल्किने उनको चित्रमा महिला पुरुषमा समानता रहेमात्र दुवैको लक्ष्य पूरा हुने सुनैनाले बताइन् । उनले लोप भइसकेको मिथिलाका ग्रामिण कला संस्कृतिलाई उजागर गर्ने अभियानमा आफू लागेको भएपनि कहिकतैबाट सहयोग नपाएको बताइन् ।
गाउँका महिलाहरुलाई अगाडि बढाउन नसकेको भन्दै दुःख मनाउ गरेकी सुनैनाले सरकार तथा सम्बन्धीत संघसंस्थाले महिला सशक्तिकरणका लागि विशेष भूमिका निर्वाह गर्नुपर्ने समेत बताइन् ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486746 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top