नौलो तरिकाबाट गौर नगरपालिकाको नगर परिषद सम्पन्न /* - - - Script for Auto Navigation - - - */

नौलो तरिकाबाट गौर नगरपालिकाको नगर परिषद सम्पन्न

रौतहट, ३० पुस


रौतहट जिल्लाको सदरमुकाम रहेको गौर नगरपालिकाको पहिलो नगर परिषद सम्पन्न भएको छ । जिल्लाका अन्य नगरपालिकाहरुमा जारी रहेको परिषद भन्दा भिन्दै शैलीमा आयोजित गौर नगरपालिकाको नगर परिषद अन्य नगरपालिकाहरुका लागी उदाहरणीय रहेको थियो ।



स्थानिय तहलाई राज्यले स्थानिय सरकारको संज्ञा दिएकोले पनि गौर नगरपालिकाका मेयर अजय गुप्ताको नितिमा गौर नपाको परिषद संसद संचालन विधिबाट सम्पन्न भएको थियो ।

 गौर नगरपालिकाले परिषद मार्फत आ.व ०७३/०७४ को यर्थात बजेट प्रस्तुत गर्नुका साथै चालु आ.व ०७४/०७५ को लागी प्रस्तावित आय उन्नाईस करोड अडचालिस लाख ब्यान्बे हजार नौ सय दस रुपैया तथा प्रस्तावित व्यय उन्नाईस करोड अडचालिस लाख ब्यान्बे हजार नौ सय दस रुपैया र संशोधित आय बयालिस करोड एकहतर लाख चालिस हजार पचासी रुपैया तथा संसोधित व्यय बयालिस करोड एकहतर लाख चालिस हजार पचासी रुपैया को बजेट प्रस्तुत गरेको छ ।

 परिषदले आ.ब.०७५/०७६ को लागि विभिन्न शिर्षकमा बासठी करोड पन्द्रह लाख आठ हजार पाँच सय रुपैयाको बजेट विनियोजन गरकोे छ । परिषदले शिक्षा, कृषि, सिँचाई, स्वास्थ्य, खानेपानी तथा रोजगार र नगरको सरसफाई सम्वन्धी विशेष योजनाका साथै भौतिक संरचना र स्र्माट सिटि निर्माणलाई विशेष जोड दिएको छ ।

नगर परिषदको उदघाटन गौर नगरपालिकाका मेयर र उपमेयरले संयूक्त रुपमा गरेका थिए । जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु लगायत संचारकर्मीहरुको उपस्थित रहेको थियो ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2111028 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top