ईशनाथ नगरपालिकाको परिषद सम्पन्न, पूर्व मन्त्री आलम द्धारा उद्घाटन /* - - - Script for Auto Navigation - - - */

ईशनाथ नगरपालिकाको परिषद सम्पन्न, पूर्व मन्त्री आलम द्धारा उद्घाटन

रौतहट, ३० पुस


रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको पहिलो नगर परिषद सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौर संगै टासिएर रहेको ईशनाथ नगरपालिकाले आर्थिक मसान्त ०७४÷०७५ को लागी नगरपरिषद भव्यताका साथ सम्पन्न गरेको हो ।



परिषदले आ.ब.०७४÷०७५ को लागि विभिन्न शिर्षकमा बजेट विनियोजन गरकोे छ । रौतहट क्षेत्र नम्बर २ बाट निर्वातिच सभाषद अफताब आलमको प्रमुख आतिथ्यमा सम्पन्न सो परिषदमा ईशनाथ नगरपालिका का प्रमुख सन्तोष मेहताले बजेट बारे उपस्थित नगरवासीलाई जानकारी गराएका थिए ।

 परिषदले शिक्षा, कृषि, सिँचाई, स्वास्थ्य, खानेपानी तथा रोजगार र नगरको सरसफाई सम्वन्धी विशेष योजनाका साथै भौतिक संरचना निर्माणलाई विशेष जोड दिएको छ । नगर परिषदको उदघाटन गर्दै सभाषद आलमले नगरपालिकालाई सुन्दर बनाउन प्रदेश सरकार र केन्द्र सरकारबाट सहयोग गर्न आफु सधै तत्पर रहने बचन दिएका थिए ।

कार्यक्रममा रौतहट क्षेत्र नम्बर को २ क बाट निर्वाचित प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति रौतहटका सदस्य इशनाथ न.पा.को उप–प्रमुख हुस्नआरा खातुन, जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु लगायत संचारकर्मीहरुको उपस्थित रहेको थियो ।








कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2111027 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top