रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

‘भारतले सिमा क्षेत्र कडाइ गरेको छ, नेपालले पनि व्यवस्थित गर्नुपर्छ’



राजनिति   28 पटक पढिएको        

काठमाडौँ पुस ३० एमालेका नेता डा राजन भट्टराईले नेपाल–भारतबीच अहिलेसम्म कायम रहेको खुल्ला सिमा अब रहन नसक्ने दावी गरेका छन्। नेपाल–भारतबीच भएका सन्धि सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्य समेत रहेका भट्टराईले सिमा क्षेत्रमा भारतले आफ्नो पक्षबाट कडाइ गरेको भन्दै अब नेपाले सिमा व्यवस्थित गर्नेबारे सोच्नुपर्ने बताए।

‘भारतले सिमा क्षेत्र कडाइ गरेको छ, नेपालले पनि व्यवस्थित गर्नुपर्छ’


‘भारतले अहिले पनि आफ्नो क्षेत्रमा सिमा सुरक्षाका लागि क्याम्प राखेर कडाई गरिरहेको छ,’ ईपीजीको छैठौं बैठक सकेर शनिबार काठमाडौं फर्केका भट्टराईले नेपालखबरसँग भने, ‘यसलाई खुल्ला सिमा भन्न मिल्दैन्, नेपालतिर मात्रै खुल्ला छ। सिमा क्षेत्रका जनताको आवतजावतलाई असर नपर्ने गरी व्यवस्थित गर्नुपर्छ।’

ईपीजीको छैठौं बैठक पुस २७ र २८ गते नयाँ दिल्लीमा सम्पन्न भएको थियो। उनले बैठकमा पनि यसबारे कुरा उठेको तर यसरी नै जानुपर्छ भन्ने निष्कर्षमा पुगिनसकिएको बताए।

‘यसबारे ईपीजी बैठकमा पनि कुराकानी भयो,’ उनले भने, ‘भारतीय पक्ष पनि यसमा सकरात्मक नै छ। स्थानीय जनतालाई असर नपुग्ने गरी सिमा व्यवस्थापन गर्ने कुरामा बैठक सहमतिमा पुग्छ।’

मैत्री सन्धि यथावत रहँदैन
भट्टाईले सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन या प्रतिष्थापन गर्ने बारे छलफल चलिरहेको भन्दै सन्धि यथावत भने नरहने पक्का भएको बताए।

ईपीजीका अहिलेसम्म भएका बैठकमा यसबारे सौहार्दपूर्ण रुपमा छलफल भएको भन्दै उनले दुबै पक्षको सहमतिमै प्रतिवेदन तयार हुने बताए। ‘बैठकमा दुवै पक्षबीच सौहार्दपूर्ण रुपमा छलफल भयो,’ उनको भनाइ छ, ‘सहमतिमै जुलाइसम्ममा प्रतिवेदन तयार पारिसक्छौं।’

उनले सन्धिका कुन–कुन बुँदा परिमार्जन गर्ने भन्नेबारे छलफल चलिरहे पनि ‘यसरी नै जाने’ भन्नेबारे अझै टुंगोमा पुगि नसकिएको बताए।










सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    391    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    30    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2362274 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top