रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

अनसन बसेर अदालतलाई प्रभावित गर्न पाइँदैनः रामशरण महत



राजनिति   320 पटक पढिएको        

काठमाडौँ पुस २८ नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुस र अनसनका बलमा न्यायलयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन्। उनले राजीनामा दिने वा नदिने कुरा प्रधानन्यायधीशको हातमा हुने भन्दै उनीबारे छानबीन गरी तथ्य बाहिर आउनुपर्ने बताए।

अनसन बसेर अदालतलाई प्रभावित गर्न पाइँदैनः रामशरण महत


‘न्यापालिका स्वतन्त्र हुन्छ, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाब वा हस्तक्षेप गर्नुहुँदैन,’ शुक्रबार रिपोर्टर्स क्लबमा महतले भने, ‘जहाँसम्म केसीको माग छ, राजीनामा दिने वा नदिने भन्ने कुरा प्रधानन्यायाधीशको आफ्नो कुरा हो, तर आरोपका आधारहरु प्रमाणित गर्नुपर्छ। सत्य हो कि होइन भन्ने कुरा आउनुपर्छ।’

‘केसीले उठाएका मेडिकल एजुकेसनसम्बन्धी मागमा राम्रा कुराहरु छन्, तिनलाई सम्बोधन गर्न मैले पनि पहल गरेकै हो,’ उनले भने, ‘प्रधानन्यायाधीश वा न्यायाधीशहरुको बारेमा कुनै विवाद भए छानबिन गर्न न्याय परिषद र संवैधानिक परिषद भएकोले यस विषयमा यी दुई निकायले निर्क्यौल गर्नुपर्छ।’

महतले सरकार गठनमा भएको ढिलाइमा संवैधानिक प्रक्रिया दोषी भएको बताए। ‘अहिलेका प्रधानमन्त्रीको नियत सफा छ, बाध्यकारी भएरमात्रै उहाँ बसिरहनुभएको हो,’ उनले भने। उनले सकेसम्म चाँडो सत्ता हस्तान्तरण गरिनुपर्ने बताए।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486677 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top