दुर्गा भगवती गाउँपालिका वडा नं ३ साबिक गाविस मत्सरीमा यूवा नेता डिके झा निर्वाचित भए लगतै वडामा विकास निर्माणले तिब्रता पाएको छ । मत्सरीलाई माटोमुक्त सडक बनाउने अभियान थालेका वडा अध्यक्ष डिके झाको पहलमा ६ सय मिटर सडक ढलान कार्यको आज एक कार्यक्रम बीच उदघाटन भएको छ ।
एकिकृत नमुना बस्ती मत्सरीले सो कार्यको उदघाटन गर्नु भएको हो । सहरी विकासु मन्त्रालयको सहयोगमा शुरु भएको ढलान कार्य साबिक गाविस मत्सरी वडा नं. ७ मा ढलान हुने कुरा दुर्गा भगवती गाउँपालिका कार्यालयका प्रवक्ता डिके झाले बताउनु भएको छ । २० लाख लागत रहेको सो सडकको चौडाई १० मिटर रहने छ ।