पृथ्वीनारायणलाई सम्झँदै ओलीले भने : पुर्खाले लडे, हामीले अडिएमात्र पुग्छ /* - - - Script for Auto Navigation - - - */

पृथ्वीनारायणलाई सम्झँदै ओलीले भने : पुर्खाले लडे, हामीले अडिएमात्र पुग्छ

काठमाडौं पुस २७


एमाले अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको नेतृत्वमा भएको एकीकरणका कारण आज नेपाली भनेर गर्व गर्न पाइएको बताएका छन्। राष्ट्रिय एकता दिवसको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै ओलीले नेपाललाई विभिन्न तत्वहरुले विखण्डन गर्न खोजेपनि यस्ता प्रयासहरु सजिलै परास्त भएको उल्लेख गरेका हुन्।


ओलीको विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न टुक्रामा विभाजित यस भूगोललाई एकीकरवण गरेर नेपालको स्वरुपमा बदल्ने योगदान तत्कालिन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रा पिता पुर्खाहरुले गरेका हुन् जसका कारण आज हामीले नेपाली भनेर गर्व गर्न पाएका छौं।’

पुर्खाहरुले लडेर वचाएको देशमा आफ्नो स्वाभिमान बचाउन लड्नुनपर्ने, तर अड्नुपर्ने बताएका छन्। निर्वाचनसँगै देशले स्पष्ट दिशा लिइसकेकाले नेपाललाई विखण्डन गर्न खोज्नेहरु कमजोर भएको बताउँदै ओलीले भनेका छन्, ‘नेपाललाई सम्बृद्ध देख्न नचाहने तत्वहरु बेलाबेला सक्रिय हुने गरेका छन्। त्यस्ता तत्वलाई परास्त गरी देश निर्माणको महाअभियानमा लाग्नुपर्छ।’



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1866382 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top