पार्टीका मन्त्रीहरुलाई राजिनामा दिन प्रचण्डको निर्देशन /* - - - Script for Auto Navigation - - - */

पार्टीका मन्त्रीहरुलाई राजिनामा दिन प्रचण्डको निर्देशन

काठमाडौं पुस २७


प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूहरुले मन्त्री परिषदबाट राजिनामा दिने माओवादी केन्द्रका बरिष्ठ नेता कृष्णबहादुर महराले बताएका छन्। नेपालखबरसँग कुराकानी गर्दै महराले छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने र मन्त्री परिषदबाट राजिनामा दिने जानकारी दिए।



‘मन्त्री परिषदमा माओवादी केन्द्रका ९ जना मन्त्री छौं, सबैको तर्फबाट मैले राजिनामा पेश गर्दैछु’ महराले भने, ‘अध्यक्ष प्रचण्डले राजिनामा गर्न निर्देशन दिइसक्नु भएको छ।’

वर्तमान सरकारमा माओवादी केन्द्रको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री महरासहित ९ जना मन्त्री र केही राज्यमन्त्री छन्।

एमालेसँग चुनावी गठबन्धन र पार्टी एकता गर्ने निर्णयसँगै प्रधानमन्त्री देउवाले उनीहरुलाई मन्त्रालयस्तरीय विभागबाट हटाएकाले उनीहरु सबै विना विभागीय मन्त्रीको हैसियतमा छन्।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109963 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top