के ‘राधे’को एउटा संवादले ‘राजतन्त्र’को समर्थन गरेको हो ? /* - - - Script for Auto Navigation - - - */

के ‘राधे’को एउटा संवादले ‘राजतन्त्र’को समर्थन गरेको हो ?

काठमाडौँ, ५ बैशाख ।


चलचित्र ‘राधे’मा एउटा संवाद समावेश गरिएको छ, ‘बाउ लेखेटेर आमा बेचेर खानेहरुसँग कसरी मिलेर बस्ने ?’ यो संवादलाई अहिले विभिन्न मानिसहरुले आ-आफ्नै ढंगले व्याख्या गरिरहेका छन् । यो संवादले नेपालबाट हटिसकेको राजतन्त्रको समर्थन गरेको आरोप पनि लागेको छ । निर्माता सुशिल पोख्रेल स्वयंमले यो संवादले गर्दा आफूहरुलाई राजतन्त्रको समर्थनको आरोप लागेको उल्लेख गर्दै स्टाटस लेखेका छन् ।



उनले स्टाटसमा आरोप जे लागेपनि आफुहरुको यो स्वच्छ विचार भएको उल्लेख गरेका छन् । यो बिषयमा सुशिलले भने-‘यो हामीले सांकेतीक रुपमा उठान गर्न खोजेका हौ । चलचित्रमा सिधै नभनिएतापनि सांकेतिक रुपमा राजतन्त्रकै समर्थन गर्न खोजिएको हो ।’

निखिल उप्रेती, प्रियंका कार्की, अशिष्मा नकर्मी लगायतका कलाकारले मुख्य भूमिका निर्वाहा गरेको यो चलचित्रले ओपनिङ व्यापार आक्रमक गरेको थियो ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2111110 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top