गोविन्द केसीको गिरफ्तारी कानुनको नाममा ज्यादतीः नारायणकाजी श्रेष्ठ /* - - - Script for Auto Navigation - - - */

गोविन्द केसीको गिरफ्तारी कानुनको नाममा ज्यादतीः नारायणकाजी श्रेष्ठ

काठमाडौं पुस २५


नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको गिरफ्तारी ‘कानुनको नाममा गरिएको ज्यादती’ भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा श्रेष्ठले मानहानीलाई सत्याग्रही विरुद्ध हतियार बनाइनु गलत भएको लेखेका छन्।


 ‘डा. गोविन्द केसीको गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादती हो, अदालतको मानहानीलाई सत्याग्रही विरुद्ध हतियार बनाइनु नितान्त गलत छ’, श्रेष्ठले ट्वीट गरेका छन्।

उनले केसीको गिरफ्तारी राज्यको पुनर्संरचना गर्दा न्यायालयलाई यथावत राखिनुको परिणामसमेत भएको उल्लेख गरेका छन्। ‘फेरि दोहो¥याएर भन्छु, अदालत भगवान होइन, राज्यको पुनर्संरचना गर्दा न्यायालयलाई भने यथावत राखियो, त्यसको पनि परिणाम हो यो, सम्बन्धित सबैले बुझुन्’, श्रेष्ठले गरेको ट्वीटमा भनिएको छ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1866383 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top