रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

जहाज नउडेपछि प्रचण्ड गाडीबाटै काठमाडौं आउँदै



राजनिति   86 पटक पढिएको        

काठमाडौं पुस २३ मौसम खरावीका कारण भरतपुर–काठमाडौंको उडान हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाडीबाटै काठमाडौं प्रस्थान गरेका छन्। भरतपुर महानगरपालिकाकी मेयर तथा छोरी रेणु दाहालको गाडी चढेर उनी काठमाडौं प्रस्थान गरेका हुन्।

जहाज नउडेपछि प्रचण्ड गाडीबाटै काठमाडौं आउँदै


यति एयरलाइन्सको पहिलो उडानबाटै प्रचण्डको काठमाडौं आउने कार्यक्रम थियो। तर, हुस्सुले लागेर काडमाडौंबाट जहाज भरतपुर जान नसकेपछि प्रचण्डले सडकको विकल्प रोजेका हुन्।

शुक्रबार भएको भरतपुर महानगरपालिकाको नगरपरिषद् बैठक उद्घाटनका लागि प्रचण्ड विहीबार अपरान्ह त्यसतर्फ लागेका थिए।

शुक्रबार नगरपरिषदको उद्घाटन गरेपछि प्रचण्डले चितवनमा राजनीतिक–पारिवारिक भेटघाट गरेर बिताए। त्यसपछि शनिबार विहानै काठमाडौं प्रस्थान गर्ने कार्यक्रम थियो।

तर मौसममा खरावीका कारण शनिबार दिनभरि भरतपुरमा जहाज अवतरण गर्न नसकेपछि उनी आइतबार विहानमात्र काठमाडौं आउने कार्यक्रम बन्यो।

केही समयअघिमात्र भरतपुरबाट छोरी रेणुको गाडीबाट काठमाडौंका लागि प्रस्तान गरेका प्रचण्ड मुग्लिनबाट चाहिँ आफ्नै गाडीबाट काठमाडौं आउनेछन्।

‘काठमाडौंबाट गाडी मुग्निनर्फ प्रस्थान गरिसकेको छ’ स्रोतले भन्यो, ‘रेणुको गाडीले मुग्लिनसम्म पु¥याएपछि उहाँ आफ्नै गाडीमा काठमाडौं आउनु हुनेछ।’

गाडीबाट काठमाडौं आउनु परेपछि आज हुने भनिएको प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटघाटपनि अनिश्चित बनेको छ।

‘चाँडै काठमाडौं आइपुग्नु भयो भने भेटघाट र कुराकानी होला’ प्रचण्डको पारिवारिक स्रोतले भन्यो, ‘तर बाटोको खरावीका कारण काठमाडौं पुग्नै ढिला हुने सम्भावना छ।’










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272382 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top