रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
मनोरञ्जन

श्रीमानलाई फिल्म नखेलाएपछि सलमानसँग बहिनी रिसाइन्



मनोरञ्जन   1 पटक पढिएको        

एजेन्सी बलिउड अभिनेता सलमान खानसँग उनकी बहिनी अर्पिता शर्मा रिसाएकी छिन् । रिसाउनुको कारणले सलमानले उनीलाई दिएको बचन पुरा नगर्नु । समाचारअनुसार अर्पिताका पति आयुष शर्मा एउटा अभिनेताका रुपमा बलिउडमा डेब्यू गर्न चाहन्छन् । सलमानले उनलाई आफ्नो प्रोडक्सनको कुनै फिल्ममा लन्च गर्ने बचन दिएका थिए । तर अहिलेसम्म गरेनन् । त्यसैले अर्पिताको पारो तात्न थालेको हो ।

श्रीमानलाई फिल्म नखेलाएपछि सलमानसँग बहिनी रिसाइन्


त्यसो त आयुषलाई थुप्रै निर्माताहरुले आफ्नो फिल्ममा अफर गरिरहेको बताइएको छ । बिहेको तीन महिनापछि नै उनलाई एउटा फिल्म प्रोडक्सनले आफ्नो आगामी फिल्ममा प्रमुख भुमिका निभाउन अफर गरेको थियो । तर आयुषले त्यसलाई टारिदिए ।

त्यसपछि उनी अभिनय तथा फिल्ममेकिङको विषयमा ज्ञान हासिल गर्न सलमान अभिनि फिल्म ‘बजरंगी भाइजान’को सेटमा जान थाले । अनि उनलाई सलमानकै अर्को फिल्म ‘ट्यूबलाइट’ को प्रोडक्सन टिममा सामेल गरियो । यति गरेपछि आयुषले आफू डेब्यूका लागि पूर्णरुपमा तयार भएको ठानेका थिए । केवल सलमानको हरियो बत्तिको प्रतिक्षामा थिए । तर, सलमानले उनको वास्तै गर्न छाडिदिए ।

३० वषिर्य आयुष एक व्यापारी हुन् र राजनीतिक परिवारका व्यक्ति हुन् । उनका बुवा अनिल शर्मा हिमाञ्चल प्रदेश सरकारका मन्त्री हुन् । यसका अलावा उनका हजुरबुवा सुखराम शर्मा पनि राजनीतिमा स्थापित नाम हो । अर्पिता र आयुषको बिहे २०१४ मा भएको थियो । -










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272423 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top