राष्ट्रपति भण्डारीसँग भेट्दै प्रधानमन्त्री देउवा /* - - - Script for Auto Navigation - - - */

राष्ट्रपति भण्डारीसँग भेट्दै प्रधानमन्त्री देउवा

काठमाडौं पुस २१


राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज अपरान्ह भेटवार्ता हुने भएको छ। भेटवार्ताका लागि प्रधानमन्त्री देउवा अपरान्ह ३ बजे राष्ट्रपति कार्यालय शीतल निवास जाँदैछन्।


प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोबिन्द परियारका अनुसार राष्ट्रिय सभा निर्वाचनका सम्बन्धमा छलफलका लागि प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न जान लागेका हुन्।

‘प्रधानमन्त्री चाँडो सत्ता हस्तान्तरण गर्न तयार हुनुहुन्छ, उहाँको चाहना छिटो राष्ट्रिय सभाको निर्वाचनपछि सत्ता हस्तान्तरण गर्न पाइयोस् भन्ने छ’ परियारले भने, ‘निर्वाचन चाँडो गर्ने भन्नेबारेमा राष्ट्रपति–प्रधानमन्त्रीबीच छलफल हुनेछ।’

 ‘यदि आयोगले सक्छ भने एक हप्ताभित्रै पनि निर्वाचनका लागि प्रधानमन्त्री तयार हुनुुहुन्छ’ उनले थपे, ‘राष्ट्रिय सभा निर्वाचनकै सन्दर्भमा उहाँले राष्ट्रपतिज्यूलाई जानकारी गराउनु हुनेछ।’



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109934 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top