प्राविधिक सहायक शम्भु यादव प्रहरी हिरासतमा
जितेन्द्र कुमार । रौतहट, २० पुस
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले रौतहटका एक कर्मचारीलाई बिहिवार पक्राउ गरेको छ । रौतहट जिल्ला ईशनाथ नगरपालिका औरैया घर भई ईशनाथ नगरपालिका कार्यालयमा कार्यरत प्राविधिक सहायक शम्भु यादव पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं. ८ बाट बाटोमा हिडडुल गरिएको अवस्थामा पक्राउ परेका छन् ।
ईशनाथ नगरपालिका औरैया बस्ने वर्ष १४ को एक नावालिकालाई बलतकार गरेको आरोपमा प्रहरीले अनुसंन्धानको लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पिडित नावालिका तथा पिडित कि आमाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गरेका थिए । पक्राउ परेका यादवलाई रौतहट प्रहरीलाई जिम्मा लगाउनु कुरा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी तथा प्रवक्ता राजन लिम्बुले रौतहट अनलाईनलाई बताउनु भयो ।
कमेन्टस
सम्बन्धित शिर्षक समाचारहरु