राजनिति सेवा हो – यूवा नेता सिंह /* - - - Script for Auto Navigation - - - */

राजनिति सेवा हो – यूवा नेता सिंह

जनताको करबाट सेवा सुविधा लिनु जनभावना बिपरित हुने

जितेन्द्र कुमार । रौतहट, १४ पुस


राष्ट्रिय जनता पार्टी नेपालका सह–महासचिव तथा यूवा नेता अनिल कुमार सिंहको रौतहट सदरमुकाम गौर स्थित निजी निवासमा पुगी रौतहट अनलाईनकर्मीले लिएको अन्तरवार्ताको संक्षिप्त अंश-



१.  रौतहटमा १८ वटा स्थानिय तह रहेको छ , वर्तमान अवस्थामा स्थानिय तहको कामकारवाहीलाई कसरी लिनु भएको छ ?
–    पहिला त यो गाविस थियो २० वर्ष देखि स्थानिय निकाय जनप्रतिनिधि विहिन थियो, २० वर्ष पछि चुनाव भएको छ  त्यो पनि नगरपालिका गाउँपालिका नयाँ नयाँ सिस्टम नेपाल सरकारले व्यवस्था ल्याएको छ, गाउँपालिका, नगरपालिका जनप्रतिनिधिहरु तथा निजामती कर्मचारीहरुको पनि अहिले सम्म नेपाल सरकारको सिस्टमलाई बुझन सकेको छैन् । त्यस कारण जनताले अपेक्षा गरेको सेवा सुविधा गाउँपालिका तथा नगरपालिकाबाट पाईरहेको छैन् ।
  
२.  नेता जी गाउँ–गाउँमा सिंह दरवारको सरकारको सोच पुरा भएको छ त ?
–    यो हिसाबले त सिंहदरवार गाउँ–गाउँमा भन्ने गरेको नारा जुन खसवादी पार्टीका नेताहरु ल्याएको थियो त्यो त मधेशी जनताको अधिकार दिलाउने नियत नै छैन् तिनिहरुको अनि कसरी सिंह दरवारको सोच गाउँ–गाउँमा आउछत ?

३.  स्थानिय श्रोत साधन तथा जनताको करबाट नगरप्रमुख, उपप्रमुख तथा वडा अध्यक्षले आफ्नो सेवा सुविधा तय गरेको छ ! यसलाई कुन रुपमा लिनु भएको छ ?
–    नेपाल सरकारको एन कानुनले जनताको करबाट निर्वाचित जनप्रतिनिधिहरुले व्यक्तिगत फाईदा लिने त कुरौ छैन् । कहि कसैले गरेको छ भने यो गैर कानुनी हो, राजनिति त एउटा सेवा गर्ने पेशा हो यसमा त जनतालाई सेवा गर्नु पर्छ यदि कसैले गरेको छ भने यो जनतालाई दुःख दिने कुरा हो यो न्यायउचित कुरा होईन् ।

४.  प्रदेश सभामा राजपा फोरम गठबन्धन नेतृत्वको सरकार बन्ने छ ? यसले मधेशीको माँग सम्बोधन गर्ला त ?
–    अब प्रदेश सरकार बनाउनलाई ५४ ओटा सदस्य चाहिन्छ भन्ने मधेशी जनताले त्यति भोट दिएकैन छ त्यो हिसाबले गठबन्धनको सरकार बन्छ । मधेशी जनताको जुन अधिकारको कुरा छ त्यो प्रदेशबाट आउने कुरा होईन् केन्द्रबाट आउने हो । प्रदेश सरकारबाट बन्ने एन कानुन र बिकासको काम निस्चित रुपमा मधेशी जनताको भावनात्मक, मधेशी शहिदको सपनाको अनुकुल काम हुने नै छ भन्ने हामी पनि आशा राखेका छौ मधेशी जनता पनि आशा राखेका छन् ।

५.  मधेश आन्दोलनको म्यान्डेटका कारण राजपा फोरमले प्रतिनिधि सभा तथा प्रदेश सभामा सम्मानजनक सिट पाएको छ ? अब शहिदले दिएको बलिदान पुरा होला कि ?
–    मधेशका जनता तथा यूवा जुन बलिदानी दिएको छ त्यो मधेशीलाई अधिकार सम्पन्न बनाउन कै लागि नै बलिदानी दिएको छ । तिनी मधेशी शहिदहरुको करणलैनै मधेशमा मधेश सरकार बन्ने तरखरमा छ । मेधशी पार्टीले मधेशी जनताको भावना अनुकुल मधेशी शहिदहरुको सपना साकार पार्ने उदेश्य गरि नै सरकार संचालन गर्ने छ ।

६.  अन्तयमा राजपा फोरम पार्टी एकिकरण होला भन्ने तपाई सहमत हुनुहुन्छ त ?
–   मधेशी जनताको ईच्क्षा आकांक्षा नै त्यही छ कि मधेशमा एउटा पार्टी हुनु पर्छ राजपा फोरम गठबन्धनका शिर्ष नेताले मधेशी जनताको अनुकुल भावना काम गर्नु पर्छ तर चुनाव हुनु भन्दा पहिला नै ६ ओटा पार्टी मिलेर एउटा राजपा पार्टीको एकिकरण भएको थियो । त्यस बेला नै उपेनद्र जी लाई राजपा पार्टीमा आउनु परथ्यो तर आउनु भएन् गठबन्धन गरेर चुनावमा जानु भो तरपनि जनताले वहाँलाई राम्रो संग सपोर्ट गयो । भविश्यमा मधेशलाई बलियो बनाउनको लागि, मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनको लागि दुबै पार्टी एकिकरण हुन जरुरी छ ।  



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868454 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top