रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
देश

क्लिङ्कर आयातबारे नेपाल र भारतबीच उच्चस्तरिय छलफल हुँदै



देश   1 पटक पढिएको        

१२ पुस क्लिङ्कर आयातमा देखिएको समस्या समाधानका लागि आज वीरगन्जमा त्रिपक्षीय छलफल भएको छ। नेपालका लागि आयात हुने क्लिङ्कर रक्सौल रेलवेयार्डमा अनलोड गर्न भारत सरकारले रोक लगाएपछि उत्पन्न समस्या समाधानका लागि भारत तथा नेपाल सरकारका प्रतिनिधि र उद्योगी व्यपारीबीच त्रिपक्षीय छलफल भएको हो।



वीरगन्जको सिर्सिया खल्वाटोलास्थित सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा पाएका हिमालयन ट्रमिनल्स् प्रालिको आयोजनामा भएको सो छलफलमा दुवै देशका उच्च अधिकारीबीच छलफल गरी हाल देखिएको समस्या समाधानको प्रयास गर्ने सहमति भएको छ। 

नेपाली सिमेन्ट उद्योगका लागि भारतको विभिन्न स्थानबाट वीरगन्ज नाका हुँदै आयात हुने क्लिङ्कर, जिपसमलगायत कच्चापदार्थका कारण रक्सौलका बासिन्दाले ठूलो प्रदूषण खेप्नु परेको भन्दै रक्सौल रेलवेयार्डमा हुँदै आएको अनलोडमा रोक लगाउँदै अब उपरान्त वीरगन्जकै सुख्खा बन्दगाह मै अनलोड हुने निर्णय भारत सरकारले गरेपछि उत्पन्न परिस्थिति र समस्या समाधान बारे त्रिपक्षीय छलफल भएको हो। 

सो अवसरमा वाणिज्य मन्त्रालयका सहसचिव रवीशंकर सिन्जुले नेपाल सरकारलाई अधिकारिक रुपमा कुनै जानकारी नै नगरी भारत सरकारले रक्सौलमा हुँदै आएको क्लिङ्कर अनलोडिङमा रोक लगाउँदै सिर्सियास्थित सुख्खा बन्दरगाहमा अनलोड गर्ने निर्णय गरेको जानकारी दिए। 

उनले सिर्सिया सुख्खा बन्दरगाहको निर्माण धुलोयुक्त वस्तुको ओसारपसारका लागि नभएको बताउँदै हाल देखिएको समस्या समाधानका लागि सम्बन्धित सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिए।सहसचिव सिन्जुले नेपालमा संचालित रहेको ६० प्रतिशत भन्दा बढी सिमेन्ट उद्योगका लागि वीरगन्ज नाकाबाटै क्लिङ्कर तथा जिप्सम आयात हुने भएकाले यसको ओसारपसार गर्ने स्थानको परिर्वतन उच्च तहमा छलफल नगरी गर्न नसकिने स्पष्ट पारेका हुन्। 

कन्टेनर कर्पोरेशन प्रालि भारतका महाप्रबन्धक भी कल्याण रामाले क्लिङ्कर आयात गर्दा धुलो उड्ने र प्रदूषण समेत हुने भएकाले उक्त प्रदूषणलाई नियन्त्रण गर्न अब नेपाली आयातकर्ताले प्रति रेक रु चार लाख ८० हजार अतिरिक्त शुल्क तिर्नु पर्ने धारणा व्यक्त गरे। 

अत्याधुनिक उपकरणको प्रयोग गरी भारतबाट आयात हुने क्लिङ्करलाई सुख्खा बन्दरगाह मै अनलोड गर्न सकिने भए पनि आनलोड भएको ४८ घन्टाभित्रै क्लिङ्करलाई आयातकर्ताले ढुवानी गर्नुपर्ने बताउँदै उनले सुख्खा बन्दरगामा स्थानको कमी भए पनि भारतबाट आयात गरिएको क्लिङ्करलाई अनलोड र ढुवानी गर्न सकिने विचार व्यक्त गरेका हुन्। 

सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख सूर्या सेढाईले भारत तथा तेस्रो मुलुकबाट रेलमार्फत आउने ८० रेक मालवस्तुको भार हाल बन्दरगाहले थेक्दै आएको र वर्तमान पूर्वधारले थप ३५ रेक क्लिङ्करको भार थेक्न नसकिने जानकारी दिए।रासस










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272656 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top