मत्सरी–पिपरा सडक ६ मिटर चौडा हुदै /* - - - Script for Auto Navigation - - - */

मत्सरी–पिपरा सडक ६ मिटर चौडा हुदै

काम गणस्तरीय हुने - ठेकेदार

जितेन्द्र कुमार । गंगापिपरा, १२ पुस


रौतहटको गौर गंगापिपरा सडक खण्ड अन्र्तगत दुर्गाभगवती गाउँपालिकाको मुख्य बजारको सडक चौडा हुने काम शुरु भएको छ । निर्वाचन क्षेत्र कार्यक्रम अन्र्तगत सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सो सडक खण्डको ८१० मिटर सडक चौडा गर्न लागेको हो ।


संस्कृती उच्च मा.वि. मत्सरी देखि सरस्वती उच्च मा.वि. पिपरा भलोहिया सम्म रहेको ढलान ३ मिटर सडक थप ३ मिटर चौडा गरि गरि ६ मिटर गर्न लागिएको हो । सो सडक निर्माणको ठेक्का पाएका शिवशक्ति निर्माण सेवा दुर्गाभगवती गाउँपालिका–१ का प्रोप्राईटर सुनिल सिंहले काम गुणस्तरीय गर्र्ने प्रतिवद्धता जनाएका छन् ।

सिंहका अनुसार आफ्नो जन्म थलोमा काम गर्न पाएको छु, गुणस्तरीय काम गरेर देखाउने छु, आफु समेत यहि बाटो सधै हिडनु पर्ने भएकोले नाफा नोक्सान नहेरी गुणस्तरीयतामा बढी जोड दिने बताउनु भएको छ ।

कुल १ करोड ५८ लाख ६६ हजार लागत रहेको सो योजना शिवशक्ति निर्माण सेवाले ७७  लाख १७ हजारमा ठेक्का सकार गरेको इन्जिनियर श्याम नरायण मिश्र बताउनु हुन्छ ।

यहि २०७४ साल माघ ०६ गते काम सम्पन्न गर्नुपर्ने भएता पनि निर्माण कम्पनीले २०७५ असाढ सम्म काम गर्नु पर्ने भनेर म्याद थपको लागि निवेदन दिएको सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख सुमन योगेशले बताउनु भयो ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1866297 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top