चन्द्रनिगाहपुरका होटलबाट यौन क्रियाकलापमा संलग्न ५ जोडी पक्राउ /* - - - Script for Auto Navigation - - - */

चन्द्रनिगाहपुरका होटलबाट यौन क्रियाकलापमा संलग्न ५ जोडी पक्राउ

चन्द्रनिगाहपुर/ पौष १०/


रौतहटको चन्द्रनिगाहपुरका विभिन्न होटलबाट प्रहरीले यौन क्रियाकलापमा संलग्न ५ जोडीलाई पक्राउ गरेको छ। प्रहरीले होटलहरुको



 अनुगमन गर्ने क्रममा विभिन्न होटलमा छापा मारी यौन क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक शान्तराज कोइरालाले जानकारी दिए। प्रहरीले सम्झना होटलबाट २ जोडी, आरआर गेष्ट हाउसबाट १ जोडी, सुर्दशन होटलबाट १ जोडी र रोम एण्ड जुलियट होटलबाट १ जोडीलाई पक्राउ गरेको हो। ती होटलमा यौन क्रियाकलाप भइरहेको जानकारी पाएपछि छापा मारेर पक्राउ गरेको उनले जानकारी दिए। पक्राउ परेकामध्ये श्रीमान श्रीमती प्रमाणित भएकालाई घर पठाइएको र अन्यमाथि भने अनुसन्धान भइरहेको डिएसपी कोइरालाले बताए।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1866299 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top