मत्सरीलाई नशा मुक्त वडा बनाउने अभियानको थालनी /* - - - Script for Auto Navigation - - - */

मत्सरीलाई नशा मुक्त वडा बनाउने अभियानको थालनी

रौतहट, पुस ९


रौतहट जिल्लाको धार्मिक स्थलको रुपमा प्रसिद्ध साविक मत्सरी गाविस हाल वडा लाई नशामुक्त वडा बनाउने अभियानको थालनी भएको छ । दुर्गाभगवती गाउँपालिका वडा नं. ३ मत्सरीका वडा अध्यक्ष डिके झाको अध्यक्षतामा दुर्गामन्दिर प्राङ्गनमा बसेको सर्वपक्षिय बैठकले मत्सरीमा नशा निषेध तथा अश्लील भोजपुरी गीत बजाउन रोग लगाएको छ ।


 समाजमा बढदै गएको कुरिती विकृतीलाई न्युनीकरण गर्दै सभ्य समाज निर्माण गर्न यो थालनी आवश्यक रहेको मत्सरीका स्थानिय तथा नेपाली काग्रेसका नेता श्याम झा बताउनु हुन्छ । आईतवार बसेको सर्वपक्षिय बैठकले मत्सरी भित्र नशा सेवन गर्न, दारु, रक्सी खान तथा बेच्नबाट प्रतिवन्द्ध लगाएको छ ।Image may contain: 15 people, people smiling, child and outdoor

नशामुक्त मत्सरी अभियानमा सम्पूर्ण मत्सरी बासीको सहयोग रहेको भन्दै वडा अध्यक्ष झाले केही दरुवा तथा गजेडीको धम्की समेत आउन थालेको बताउदै त्यस्ता धाक धम्कीबाट आफु कदापी बिचलीत नहुने बताउनु भयो । यो अभियानको थालनी भईसकेको तथा अभियान तीब्र गतिमा बढने र यसलाई सफल पार्न सबैको सहयोगको अपेक्षा राखेको वडा अध्यक्ष झा बताउनु हुन्छ ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1866298 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top