पत्रकार महासंघ रौतहटको नयाँ सदस्यता तथा नविकरण पुस मसान्त भित्र /* - - - Script for Auto Navigation - - - */

पत्रकार महासंघ रौतहटको नयाँ सदस्यता तथा नविकरण पुस मसान्त भित्र

शाखाको सिफारीस बीना सदस्यता नविकरण तथा फुकुवा नहुने

जितेन्द्र कुमार । रौतहट, पुस ९


नेपाल पत्रकार महासंघ रौतहट शाखाले महासंघ आवद्ध सदस्यहरुलाई सदस्यता नविकरण गराउन आहवान गरेको छ साथै पत्रकारिता गरिरहेकाहरु महासंघ संग आवद्ध हुन चाहेका लागि नयाँ सदस्यता समेत खोलेको छ ।



नेपाल पत्रकार महासंघ रौतहट शाखाका कार्यवाहक अध्यक्ष आदर्श कुमार उपाध्याय को अध्यक्षतामा पुस ९ गते बसेको कार्यसमितिको बैठकले यहि पुस मसान्त सम्म नयाँ सदस्यताको लागि आवश्यक कागजात तथा सदस्यता नविकरणको लागि आवश्यक कागजात तथा शुल्क बुझाउन निर्णय गरेको छ साथै शाखाको सिफारिश विना आवद्ध सदस्यको सदस्यता नविकरण वा शाखाबाट कारवाही गरिएको भए कारवाही फुकुवा नगर्ने निर्णय गरेको छ साथै रौतहटमा कार्यरत्त संचारकर्मीको क्षमता अभिबृद्धि एवं महासंघको पूवाधार विकासका लागि रौतहटको १८ वटै स्थानिय तहलाई अनुरोध गर्ने निर्णय भएको शाखा सचिव राजेन्द्र क्षेत्रीले रौतहट अनलाईनलाई बताए ।






कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2111120 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top