रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ     सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर     शकिल अख्तरको एक माथि अर्को सरहानिय काम, नगरवासीको निशुःल्क आँखाको शल्यक्रिया हुदै      प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत     पत्रकार चञ्चल झाकाे अभियान सफल हुने ,रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी अश्लील गित बज्न नदिने प्रहरी उपरीक्षककाे प्रतिबद्धता      ललितपुरको नक्खुस्थित एनसेलको कार्यालयमा बम बिस्फोट, राजधानीको सुरक्षा व्यवस्था कडा     ‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल     मन्त्री पद्मा अर्यालका पाँच महिना : यी हुन् प्रमूख उपलब्धि     मेयर सत्तापक्ष र उपमेयर प्रतिपक्ष हुँदैन : रेणु दाहाल   
अन्तर्राष्ट्रिय

प्योङयाङविरुद्धको नाकाबन्दी ‘युद्धको कदम’: उत्तर कोरिया



अन्तर्राष्ट्रिय   6 पटक पढिएको        

काठमाडौँ पुस ९ उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले संयुक्त राष्ट्रसंघले प्योङयाङविरुद्ध लगाएको पछिल्लो नाकाबन्दी ‘युद्धको कदम’ भएको जनाएको छ।

प्योङयाङविरुद्धको नाकाबन्दी ‘युद्धको कदम’: उत्तर कोरिया

उत्तर कोरियाको विदेश मन्त्रालयको वक्तव्यमा राष्ट्रसंघको पछिल्लो कदम ‘पूर्ण आर्थिक नाकाबन्दी सरह’ भएको र ‘अमेरिकालाई निराश बनाउन आफ्नो पारमाणविक क्षमतालाई सुदृढ गर्ने एक मात्र विकल्प भएको’ उल्लेख गरेको त्यहाँको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ।

गत शुक्रबार राष्ट्रसंघको सुरक्षा परिषद्मा उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेकोमा प्रतिक्रियास्वरुप कडा प्रतिबन्धहरु लगाउन सर्वसम्मतिले मतदान गरे पछि उसको यो प्रतिक्रिया आएको हो।

अमेरिकाले तयार पारेको प्रस्तावमा उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले घटाउनेसहितका कदमहरु समावेश छन्।

उत्तर कोरियाका प्रमुख व्यापार साझेदारहरु चीन र रुसले पनि प्रतिबन्धको पक्षमा मतदान गरेका थिए।

उत्तर कोरियाले पहिल्यैदेखि अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपेली संघका कैयौँ प्रतिबन्धहरु झेलिरहेको छ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2539513 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top