रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
समाज

मेयर मेहताको मनोमानी मान्य नहुने - सांसद आलम



समाज   392 पटक पढिएको        

रौतहट, पुस ७ रौतहट जिल्ला इशनाथ नगरपालिकाका नगरप्रमुख संतोष कुमार मेहताको मनोमानी तथा जनभावना विपरीत कार्य आफु तथा नगरवासीलाई मान्य नहुने बताउनु भएको छ । रौतहट अनलाईन संग कुरा गर्दै नेता आलमले जनताको पसिनाको कमाईबाट उठने राजश्व रकमबाट मनोमानी ढंगले निर्वाचित पदाधिकारी तथा कर्मचारीले आफ्नो भोग विलासमा खर्च गर्ने गरेको निर्णयको आम जनताबाट विरोध उठिसकेको बताउनु भयो ।

मेयर मेहताको मनोमानी मान्य नहुने - सांसद आलम


यस्ता गैर जिम्मेवार पूर्ण कार्य आफुलाई सहन नभएको बताउनु भयो । त्यस्तै क्षेत्र नं. २ प्रदेश सभाका विधायक नागेन्द्र प्रसाद सिन्हाले ईशनाथ नगरपालिकाको दोश्रो बैठकले गरेको निर्णयको चौतर्फि विरोध भईरहेकोले आफु चुप लागेर नबस्ने बताउनु भयो ।

नेपाली काग्रेस निकट बोर्ड सदस्यहरुलाई झुक्याएर नगर प्रमुख मेहताले सहि छाप गर्न लगाएकोे भन्दै सो निर्णय बदरको लागि बिहिवार जिल्ला समन्वय समितिको कार्यालय रौतहटमा उजुरी समेत परि सकेको बताउनु भयो । विधायक सिन्हाका अनुसार ईशनाथ नगरपालिका छाडा भएको र यसलाई दायरामा ल्याउन सम्पुर्ण सरोकारबाला चासो राख्नु पर्ने बताउनु भयो ।

ईशनाथ नगरकार्यपालिकाको कार्यालय औरैयाका कार्यकारी  अधिकृत रामजी जोशीका अनुसार यहि पुस ०४ गते बसेको नगर कार्यपालिकाको दोश्रो बैठकले विभिन्न निर्णयहरु सर्वसम्मतबाट गरेको बताउनु भयो । उनका अनुसार सो बैठकले विभिन्न सातबटा समितिहरु समेत बनाईएको छ । समितिहरुमा न्यायीक समिति, सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वातावरण व्यवस्थापन तथा विपद व्यवस्थापन समिति, विधेयक समिति रहेको छ ।

त्यस्तै नगरप्रमुखको लागि तलब ३५ हजार, संचार खर्च ७ हजार, अतिथि सत्कार खर्च १५ हजार, उपप्रमुखको लागि तलब २५ हजार, संचार खर्च ५ हजार, अतिथि सत्कार खर्च ५ हजार तथा वडा अध्यक्षको लागि तलब २० हजार, संचार, अतिथि सत्कार खर्च, ईन्धन, विविध गरि १५ हजार मासिक रुपमा उप्लब्ध गराउने निर्णय भएको कार्यकारी अधिकृत जोशी बताउने भयो ।

नगरप्रमुख, उपप्रमु्ख तथा वडा अध्यक्षको सेवा सुविधा संगै कर्मचारीहरुले खाई पाई आएको तलबको चालीस प्रतिशत स्थानिय भत्ता उप्लब्ध गराउने निर्णय भएको एवं ईन्धन आवश्यत्ता अनुसार खर्च गर्न सकिने निर्णय भएको कार्यकारी अधिकृत जोशी बताउनु हुन्छ । कार्यकारी अधिकृत जोशीका अनुसार वडा अध्यक्षहरुको लागि ९ वटा मोटरसाईकल र कार्यालयको लागि ४ गरि १३ वटा मोटरसाईकल खरिद गर्ने, ट्रैकटर २ ओटा, हार्डटप जीप १ वटा तथा जेसीबी १ वटा खरिद गर्ने निर्णय भएको बताउनु भयो ।

साथै भएको निर्णय नगरपरिषदबाट अनुमोदन गराएर लागु गरिने बताउनु भयो । पुस ४ गते भएको निर्णय को चौतर्फी आलोचना हुन थालेपछि निर्णय बदर हुने कि कार्यान्वयन हुने बारे नगर प्रमुख संन्तोष कुमार मेहता संग सोध्दा सर्वसम्मतबाट भएको निर्णय बदर हुने कुनै आधार नरहेको तर्क दिनु भयो ।

वहाँका अनुसार बन्दुकबाट निस्केको गोली र्फिता नहुने झै सर्वसम्मतबाट भएको निर्णय लागु गरिने बताउनु भयो । विभिन्न समितिहरु गठनमा सांसद आफताब आलम तथा विधायक नागेन्द्र प्रसाद सिन्हाले आप्नो मान्छे राखिदिन आग्रह गरिहेको भन्दै नियम कानुनको परिधि भित्र रहि नेता द्धय संग हातेमालो गर्दै अगाडी बढने आफनो सोच रहेको प्रष्ट पार्नु भयो ।










सम्बन्धित शिर्षक समाचारहरु
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    391    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    30    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2362280 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top