जेरुसेलम विवादमा अमेरिकी प्रस्तावको विरुद्ध नेपालद्वारा मतदान /* - - - Script for Auto Navigation - - - */

जेरुसेलम विवादमा अमेरिकी प्रस्तावको विरुद्ध नेपालद्वारा मतदान

पुस ७


जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने अमेरिकी प्रस्तावको विरुद्धमा नेपालले मतदान गरेको छ। आफ्नो प्रस्तावको विपक्षमा मत दिए सहयोग रोक्का गर्ने अमेरिकाको चेतावनीका वावजुद नेपालले अमेरिकी प्रस्तावको विपक्षमा मतदान गरेको हो।



विहीबार राति भएको राष्ट्रसंघीय महासभामा राष्ट्रसंघमा भएको मतदानमा  जेरुसेलमलाई इजरायलको मान्यता दिने अमेरिकी प्र्रस्तावको विपक्षमा १ सय २८ मत परेको थियो।

अमेरिकी प्रस्तावको विपक्षमा संयुक्त राष्ट्रसंघ समेत थियो। अमेरिकी प्रस्तावको पक्षमा भने जम्मा ८ मत परेको थियो।

जेरुसेलम मामिलामा भूटानबाहेक सबै दक्षिण एसियाली मुलुक एक ठाउँमा उभिएका छन्।

मतदानमा अनुपस्थित भूटानबाहेक सबै दक्षिण एसियाली मुलुकले अमेरिकी प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

प्रस्तावको पक्षमा अमेरिकालगायत इजरायल, ग्वाटेमाला, होण्डुरस, नाउरु, माइक्रोनेसिया, टोगो, पालाउ र मार्शल आइल्याण्डले मतदान गरेका थिए।

इजरायललाई साथ दिएको अमेरिका जेरुसेलम मामिलाका कारण अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा एक्लिएको छ।

अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेष्टाइन र इजरायलबीचको विवादित भूमि जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका थिए, जसको विश्वव्यापी विरोध भएको थियो।

त्यसपछि राष्ट्रसंघीय महासभामा पुगेको यो मामिलामाथि भएको मतदानमा ३५ राष्ट्र अनुपस्थित थिए।

१ सय ३६ मत खसेको थियो भने ३५ राष्ट्र मतदानमा अनुपस्थित रहे, जसमा दक्षिण एसियाली भूटानपनि थियो।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2111099 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top