रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
देश

पहिलो पटक राज्यसभामा बोल्न लागेका सचिन तेन्दुलकरको सम्बोधनमा अवरोध



देश   7 पटक पढिएको        

एजेन्सी, पुस ६ भारतको माथिल्लो सदन राज्यसभाका सदस्य तथा क्रिकेट स्टार सचिन तेन्दुलकर कमै मात्र राज्यसभामा उपस्थित हुन्छन्। उनी अत्यन्त्र निस्क्रिय राज्यसभा सदस्यका रुपमा परिचित र आलोचित हुँदै आएका छन्। तर बिहीबार पहिलो पटक बोल्नका लागि समय लिएका सचिनको सम्बोधन अवरुद्ध भएको छ।

पहिलो पटक राज्यसभामा बोल्न लागेका सचिन तेन्दुलकरको सम्बोधनमा अवरोध

प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी अभियानका क्रममा पूर्व प्रधानमन्त्री मनमोहन सिंहबारे दिएको विवादास्पद अभिव्यक्तिबारे विपक्षीले राज्यसभामा नाराबाजी गरेपछि सचिनको सम्बोधन अवरुद्ध भएको हो।

मोदीले पूर्व प्रधानमन्त्री सिंहले गुजरातको चुनावबारे निलम्बनमा परेका कांग्रेस नेता मणिशंकर ऐय्यरको घरमा पाकिस्तानी व्यक्तिहरुसँग छलफल गरेको दाबी गरेका थिए।

सिंहले यसबारे मोदीले माफी माग्नुपर्ने माग राख्दै आएका छन्।

गुजरातको चुनाव त सकिइसकेको छ, बहुमत पनि भाजपाले ल्याइएको छ। तर बिहीबारबाट सुरु भएको संसदको हिउँदै अधिवेसनमा यो विषय चर्किएको छ।

त्यसैले पहिलो पटक राज्यसभामा बोल्न लागेका सचिनले बोल्न पाएनन्। निरन्तरको अवरोधपछि राज्यसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार तेन्दुलकरले खेलको अधिकार तथा भारतमा खेलको भविष्यका विषयमा सम्बोधनको तयारी गरेका थिए।

२०१२ मा राज्यसभामा मनोनित सचिनको उपस्थिति भने ८ प्रतिशत मात्रै रहेको छ।

राज्यसभामा कम उपस्थित हुनेमा अभिनेतृ रेखा पनि पर्दछिन्।

सचिनले बोल्न नपाएको विषयमा अर्की राज्यसभा सदस्य अभिनेतृ जया बच्चनले असन्तुष्टि पोखेकी छन्। ‘उनलाई बोल्न दिइएन, यो लज्जाको विषय हो,’ जयाले भनिन्, ‘के राजनीतिकर्मीहरुलाई मात्रै बोल्ने अनुमति छ?’










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272438 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top