रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
समाज

‘इन्टिग्रिटी आइडल २०१७’ को उपाधी शेष नारायण पौडेललाई



समाज   27 पटक पढिएको        

काठमाडौं/३ पुस / सन् २०१७ को ‘इन्टिग्रिटी आइडल’को उपाधी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्राप्त गरेका छन् । आज काठमाण्डौंमा आयोजित एक कार्यक्रमका

‘इन्टिग्रिटी आइडल २०१७’ को उपाधी शेष नारायण पौडेललाई


 बीच पौडेललाई ‘इन्टिग्रिटी आइडल २०१७’ घोषणा गरिएको हो ।

यस वर्षको ‘इन्टिग्रिटी आइडल’ मा छनौट भएका अन्तिम पाँच मध्ये एसएमएस र वेभ साईटबाट प्राप्त मतका आधारमा पौडेल ‘सर्वोत्कृष्ट’ अर्थात् ‘इन्टिग्रिटी आइडल’ को छनोटमा परेका हुन् ।

एसएमएस र वेभसाईटबाट गरी प्राप्त भएको ४१ हजार ४ मत मध्ये कुल ३५ हजार १ सय ११ मत सदर भएको थियो । जसमध्ये विजयी शेष नारायण पौडेलले सवैभन्दा बढी अर्थात् ९ हजार ९ सय ३० मत प्राप्त गरेका थिए ।

‘इन्टिग्रिटी आइडल २०१७’ को उपाधी पाउन सफल पौडेलले कार्यक्षेत्रमा खटिँदा त्यहाँको भौगोलिक, सांस्कृतिक, आर्थिक अवस्था र समुदायको अध्ययन गरेर योजनाबद्ध ढंगले सेवाग्राहिको हितमा काम काम गर्ने गरेको र विभिन्न जिल्लामा बस्दा जनताका लागि उदाहरणीय र प्रशंसनीय काम गरेको आयोजक संस्था एकाउन्ट्याविलिटी ल्यावले जनाएको छ ।

कार्यक्रममा प्रमुख अथिति लोकसेवा आयोगको अध्यक्ष उमेश प्रसाद मैनालीले उत्कृष्ठ पाँचै जनालाई प्रशंसापत्र र ट्रफि सहित सम्मान गर्दै कर्मचारीले सदैब जनताको सेवक भएर काम गर्न आवश्यक रहेको धारणा राखेका छन् ।

सेवा सहितको मुस्कानलाइ कार्यान्वयन गर्नुपर्ने भन्दै अध्यक्ष मैनालीले आयोजक संस्था एकाउन्टविलिटी ल्याबको अभ्यासको प्रशंसा गरेका छन् ।

विजेता पौडेलले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सेवाग्राहिलाई केन्द्रविन्दुमा राखेर सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका पौडेलले उपाधीले आफुलाइ थप दायित्वबोध गराएको बताए । ‘मलाई यो सम्मानले अझ बढी थप जिम्मेवार बनाएको छ र भोलीका दिनहरुमा थप काम गर्ने प्रेरणा समेत मिलेको छ ।’ पौडेलले भने ।

मनोनयनमा परेका मध्ये जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत कृष्ण धिताल, वन विभाग काठमाण्डौमा सहायक वन अधिकृत सवनम पाठक, पञ्चदेव माध्यामिक विद्यालय मान्म कालिकोटका शिक्षक सबराज बम, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सृजना तिवारी अन्तिम ५ जनामा छनौट भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजनमा पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख पुण्य प्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाह सदस्य रहेको निर्णायक मण्डलले विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात विभिन्न मापदण्डका आधारमा प्रतिष्पर्धी मध्येबाट अन्तिम पाँचको छनोट गरेको आयोजकले जनाएको छ ।

नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि ‘इन्टिग्रिटी आइडल’ को सुरु गरेको हो । ‘इन्टिग्रिटी आइडल २०१७’ मा यस वर्षको १५ जनवरी २०१७ बाट चार महिनाकालागि मनोनयन खुल्ला गरिएको थियो । जस अन्र्तगत ७१ जिल्लाबाट १०२० वटा मनोनयन प्राप्त भएको थियो ।

नेपालबाट सुरु भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा, लाईबेरिया, पाकिस्तान, माली, दक्षिण अफ्रिका, नाइजेरिया लगायतका देशमा विस्तार भैसकेको र सन् २०१८ मा श्रीलकांमा पनि यो कार्यक्रम सुरु हुने प्रकृयामा रहेको आयोजक संस्था एकाउन्टिविलिटी ल्यावका प्रमुख नारायण अधिकारीले वताए ।

जनताका लागि राम्रो काम गर्ने कर्मचारी अझै पनि जनता माझ लुकेको र भ्रष्टहरु खुले आम समाजमा हिंडिरहेको अवस्थामा कर्तव्यनिष्ठ इमान्दार कर्मचारीलाई जनताका माझ चिनाउनका लागि ‘इन्टिग्रिटी आइडल’ कार्यक्रमको सुरुवात गरिएको प्रमुख नारायण अधिकारीले बताए ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2189031 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top