प्रियंका भन्छिन्-आयुष्मान ‘तिमी प्यारो मान्छे’ /* - - - Script for Auto Navigation - - - */

प्रियंका भन्छिन्-आयुष्मान ‘तिमी प्यारो मान्छे’

काठमाडौ पुस ३


आफ्ना प्रेमी आयुष्मान देशराजको जन्मदिनलाई विशेष बनाउन नायिका प्रियंका कार्कीले कुनै कसर छोडिनन् । आयुष्मान र प्रियंका प्रेममा परेपछि विभिन्न खालका चर्चामा रमाउँदै आएका छन् ।आइतबार आयुष्मानको परिवार र आफ्नी आमाको साथमा जन्मदिनको सेलिव्रेशन गर्दै गर्दा प्रियंका खुशी देखिइन् ।


उनले, आयुष्मानलाई निकै प्यारो मान्छे समेत भनेकी छिन् । साथमा, आफूले अहिलेसम्म चिनेका मानिसहरुमा सबैभन्दा प्यारो, सबैभन्दा सुन्दर मानिसको रुपमा उनले आयुष्मानलाई चित्रित पनि गरेकी छिन् ।


प्रियंकाको विशेष बर्थ डे सेलिव्रेशनले आयुष्मान पनि दंग देखिएका छन् । आफ्नो विशेष मान्छेले विशेष रुपमा मनाइदिएको बर्थ डेका कारण आयुष्मान निकै खुशी देखिएका थिए ।

प्रेममा परेदेखि नै आयुष्मान र प्रियंकालाई एक अर्काको परिवारबाट साथ मिल्दै आएको छ । यो जोडीले बिहे कहिले गर्छ त्यो भोलीको कुरा हो । तर, यो जोडी प्रेमको पोखरीमा मिठो डुबुल्की मारिरहेको छ ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1866294 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top